मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजधानीमा बेचिएकी चेली

फिल्मीखबर, काठमाण्डौ, 2010/07/24

करिब सात बर्ष अगाडी निर्माण सम्पन्न भएको चलचित्र 'संघर्ष जिन्दगीको' शुक्रबारबाट राजधानीका हलहरूमा प्रदर्शन भएको छ । जेएस फिल्म्सको ब्यारनमा किरण बज्राचार्यको प्रस्तुति रहेको यो चलचित्रमा राजेश हमाल, विपना थापा, सिर्जना बस्नेत, दीपकराज गिरी, टीका पहाडी लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

 


विष्णु याक्चा, अमर कुरुम्वाङ, दिनेश याक्चा, राम याक्चा, असिम याक्चाले संयुक्त लगानी गरेको सो चलचित्रको निर्देशन विनोद सेरेङले गरेका हुन् । चेलिवेटी बेचविखनमा आधारित नारीप्रधान यो चलचित्रका लेखक पनि निर्देशक स्वयं रहेका छन् । बम्बईमा बेचिएकी चेलीले भोग्नु परेका संघर्षका कथाहरूलाई यस चलचित्रमा उठान गरिएको छ ।