मिति : २०८१ कार्त्तिक २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्राण्डेड ऋचा

अनुप भट्टराई, काठमाण्डौ, 2010/07/25

अब्बल अभिनयका कारण सानो पर्दाबाट ठूलो पर्दामा हामफालेकी नायिका ऋचा घिमिरेको अभिनय जति ब्राण्डेड छ त्यती नै उनले प्रयोग गर्ने कस्मेटिक सामग्रीहरू र उनका दैनिक जिवनमा प्रयोग हुने सामग्रीहरू पनि ब्राण्डेड रहेका छन् ।



चलचित्र  निर्देशक शंकर घिमिरेसंग बैवाहिक जिवनमा बाधिसकेकी २८ बर्षीया नायिका घिमिरेले पती  शंकरका साथै आफुले प्रयोग गर्ने हरेक कस्मेटिक सामाग्री ब्राण्डेड रहेको दाबी समेत गरेकी छिन् ।  इच्छा अनुसारको सपिङ गर्ने, घर सजावटमा विशेष ध्याने दिने तथा एक श्रीमतीमा हुनु पर्ने गुण आफुमा भएको भन्दै नायिका घिमिरे हेर्दा जति टिप-टप देखिन्छीन सायद उनको सानो घरमा जाने जो कोहीले पनि त्यहाँ पुगेपछी उनी भित्र लुकेको ब्राण्डेड कुरा अझ थाहा पाउन सक्छन् ।



छुट्टा-छुट्टै रंगको प्रयोग गरेर सजाईएको तीन कोठमा  ऋचाले पाहुनालाई स्वागत गर्न रातो रंगले भित्ता रंगाएकी छिन भने भोकलाई शक्तिको परिभाषा दिदै किचनमा पहेलो रंग
शान्त रंग तथा शितलको अनुभुती दिलाउन बेडरूमा हरियो रंगले भित्ता पोतेकी छिन् । 

 


विबाह पछी पती शंकरका कारण खाना बनाउन जानेकी ऋचाको कोजी महल देखेर धेरै चलचित्रकर्मी पनि अचम्मित परेको उनले बताईन् । निर्देशक उज्जव घिमिरे र आलोक नेम्वाङ्गलाई उनको घरको सजावट निकै मन परेको ऋचाको भनाई छ ।  नायिका रेजिना उप्रेतीलाई सम्झदै उनी भन्छिन् 'रेजिनालाई यो घर क्यूट लाग्यो रे ।'



नेट टिस्यू पेपरको कपडाको प्रयोग गरी उनले सानो घरमा ७० हजारको पर्दा लागाएकी छिन् । गणेश भगवनालाई निकै मन पराउने ऋचाले सानो मन्दिरमा चाँदीबाट निर्मित भगवानकै मुर्ति राखेकी छिन् ।  मध्यम  परिवारमा हुर्कीएर पनि दुई दाजुको मायाले खाना देखि नाना सम्म ब्राण्डेड प्रयोग गर्न थालेकी घिमिरेले आफ्नो बिवाहको रिसेप्सनमा ६५ हजार जाने साडी प्रयोग गरेकी थिइन् भने स्वयम्बरमा प्रयोग भएको राजस्थानी, युरोप र नेपाली ढाका जडित  ७० हजार मूल्य बराबरको साडी लगाएकी थिइन् । रिसेप्सन, स्वयम्बरमा र १६ हजार मूल्य बराबरको क्लयसिक साडी जुन उनलाई अत्याधिक मन पर्छ सो  साडीलाई उनले भविष्यमा आफ्ना छोरी बुहारीलाई समेत दिने बताइन् ।



यूरोप र अमेरिकन जस्ता अन्तराष्ट्रिय  ब्राण्डको सौखिन नायिका ऋचाको कप बोर्डमा  गुची, फोसिल, डि एण्ड जी, सेनल जस्ता अन्तराष्ट्रिय ब्राण्डका सामानहरू बढी रहेका छन् । आँखामा लाउने गाजलको  पारखी यि काली सुन्दरी नायिकाले ७/८ बर्षअघि असनमा ५० रूपैयाको गाजल किन्थीन रे, पछी त्यस्तो गाजल सम्बन्धी नराम्रो कुरा एक म्यागजीनमा पढेपछी उनले महंगा गाजल प्रयोग गर्न थालेको बताईन । जस अनुरूप हाल उनी ल्याण्डकमको २ हजार मूल्य पर्ने पेन्सिल गाजल प्रयोग गर्छिन । उनीसंग त्यस्ता गाजल कालो, खैरो, निलो र खरानी रंगका रहेकाछन् ।



सेक्सी आँखाकी समेत धनी भनेर चिनिने नायिका घिमिरेले कसैसंग आँखा नजुधोस भनेर झण्डै दुई लाख मूल्य बराबरको ९ वटा चश्मा प्रयोग गर्ने गर्छिन । यि चश्मा पनि गुची, सेनल र डि एण्ड जी ब्राण्डकै हुन । उनलाई एक दमै मन पर्ने ३० हजार मूल्यको डि एण्ड जी चश्मा भुवन केसीको पछिल्लो चलचित्र साथी म तिम्रोको सुटिङ्गमा ड्रेस म्यानले भाचिदिदा निकै चित्त दुखेको  बताईन ।



प्रयोग कम भएतापनि लुगामा साडी र दुई सलवार निकै मन पराउने ऋचासंग २० भन्दा बढी साडी, त्यतीकै तुलनामा वान पिस ड्रेस, १३ वटा हाफ पेन्ट, विभिन्न फंकसनमा लगाउने ५ वटा गाउन, कालो, खैरो, सेतो र खरानी रंगका ४ वटा ओभरकोर्ट र २० हजार मूल्य बराबरको चार वटा सुट  रहेका छन् । अन्य लुगा महंगो भएतपानि कुर्ता सलवार भने ऋचाको अलि सस्तो रहेको छ । उनी भन्छिन् । 'कुर्ता सलवार थोरै छ तर दामी छ ।'   उनीसंग ४ सय देखि २ हजार सम्म जाने दश वटा कुर्ता सलवार रहेका छन् ।

 

व्यक्तिग रूपमा महिनामा २० हजार सम्मको पकेट  खर्च गर्ने नायिका घिमिरेसंग २० हजार भन्दा मुनिका कुनै घडी छैनन् । घडीलाई हातमा लाउन देखि सजाउन समेत सोखिन रहेकी नायिका घिमिरेले लण्डनको हेर्थु एयरपोर्टमा किनेको   ३० हजार मूल्य बराबरको स्प्रिटको घडी सवै भन्दा बढी मन पराउने बताईन भने घडीको सौखिनले २००७ मा फ्र्लाईटमै मह जोडीका साथ अष्ट्रेलियाबाट नेपाल फर्किदा उनले एउटा घडी समेत किनेको बताईन । मोवाईल भने सामान्य बोक्ने ऋचासंग ३० हजार मूल्यबराबारको  एप्पलको आइपड, जसलाई उनका दाई निर्मलले स्पेनबाट ल्याईदिका थिए । 



छालाको रंग कालो भएतापनि स्वास्थयमा निकै ध्यान पुर्र्‍याउने ऋचाले छालालाई स्वस्थय राख्न म्याक,  डियर तथा नेवाको लोसन र क्रिम प्रयोग गर्ने गर्छिन । अनुहारमा पिम्पल आउन नदिन हेर्दा निकै सानो तर मूल्य भने ८ हजार पर्ने ल्याण्कमको क्रिम उनी प्रयोग गर्ने गर्छिन जसलाई उनी हरेका राति सुत्नेवेलामा प्रयोग गर्ने गर्छिन । नङ पालिस भने उनी फ्रान्समा बनेको म्यानुकेयर र रेभ्लोनका प्रयोग गर्ने गर्छिन । यस्तै लिपिस्टिकमा ल्याण्डकम, म्याक, लोरियल र  मेवलिन, ब्राण्डका प्रयोग गर्ने गर्छिन  । गहनालाई त्यति महत्व नदिने ऋचाले बहुमुल्यी हिराको औठी डि ड्याम्स र नक्षत्रलाई  प्रयोग गर्छिन भने  कपालको लागि  लोरियलको सयाम्पु र कन्डिस्नर उनको रोजाईमा पर्दा रहेछन् ।



ऋचाको ब्राण्ड राज खोल्दै निर्माता केशव भट्टराई भन्छन् 'हेर्दा सामान्य देखिने ऋचा ब्राण्डै ब्राण्डको  सौखिन कलाकार हुन । जसको बारेमा चलचित्र उद्योगमा धेरैलाई थाहाँ छैन ।'

 
Most Visited News (monthly)