मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'फल्यासब्याक' मा झुठो ब्यानर

अनुप भट्टराई , काठमाण्डौ, 2010/07/26

गोपी कृष्ण मभिजको ब्यानरमा निर्मित  चलचित्र दि फल्यास ब्याक (फर्केर हेर्दा ) को प्रचारमा प्रयोग भएको  ब्यानर झुठो भएको पुष्टी भएको छ ।


चलचित्रको ब्यानर डिजाईनको जिम्मा पाएको आईडियल डिजाईनरले हिन्दी चलचित्रकी नम्वर वान नायिका कैट्रिना कैफ को शरिरमा नायिका युना उप्रेतीको  अनुहार जोडेर चलचित्रलाई पोष्टरबाट ग्लयामर दिएको छ । जवकी चलचित्रमा युनाले कहीँ पनि सो ड्रेस प्रयोग गरेकी छैनन् । पोस्टरमा डिजाईनरले यूनाको अनुहारको भाग बाहेक कैट्रिनाको कपाल, लुगा, हातको पोज एउटै भएको तस्बिरलाई ब्लोअप तरिकाले प्रस्तुत गरेको छ ।

 

प्रचारका लागि छरिएको फल्यासब्याकको पोस्टरमा यूनाको  तस्बिर माथि  शंका उत्पन्न भएपछी फलोअप गर्दै जदा सो तस्बिर कैट्रिनाको भएको पुष्टी भएको हो । नभए संगैको कैट्रिनाको अर्को तस्बिरसंग तपाई आफै दाजेर हेर्न सक्नु हुन्छ ।  यस्तै चलचित्र प्रचारका लागि बनाइएको सो ब्यानरमा नायिका रेजिना उप्रेतीले प्रयोग गरेको जिन्स मिनिर्स्कर्ट र निलो जालीदार लुगा पनि पनि दर्शकको आखामा छारो हाल्ने खालको छ ।

 

चलचित्रमा निखिल उप्रेतीको श्रीमतीको रुपमा रहेकी रेजिनाले चलचित्रका कुनै पनि दृश्यमा सो मिनिर्स्कर्ट प्रयोग गरेकी छैनन् । सवा दुई घण्टाको चलचित्रका केही दृश्यमा मात्र देखिने रेजिनाको पहिरन चलचित्र भर  सारी मात्र रहेको छ ।



डिजाईनको जिम्मा पाएका आइडियल प्रेसका प्रोप्रइटर
सुन्दर श्रेष्ठले भने निर्माताको आग्रह बमोजिम त्यस्तौ पोष्टर बनाएको बताएका छन् । उनले चलचित्रमा ग्ल्यामर नभएतापनि पोष्टरमा प्रयोग गरिएको ग्लयामर दृश्य विना दर्शक हलमा नजाने भन्दै त्यस्तो किसिमको ब्यानर  डिजाईन गरिएको बताएका छन् ।