मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'न बिर्से तिमिलाई न पाए तिमिलाई' बन्दै

अनुप भट्टराई , काठमाण्डौ, 2010/07/26

'न बिर्से तिमिलाई न पाए तिमिलाई'  गाएर चर्चित बनेकी गायिका अञ्जु पन्तको गीत निर्देशक योगेश घिमिरेले आफ्नो नयाँ चलचित्र   'न बिर्से  तिमिलाई न पाए तिमिलाई' मा प्रयोग गर्ने भएका छन् ।



प्रज्ञा फिल्मसको ब्यानरमा आफ्नो पाचौँ चलचित्र 'न बिर्से  तिमिलाई न पाए तिमिलाई' को सोमबार शुभ मुहुर्त गर्ने क्रममा चलचित्रको शिर्षक संगै गित मिल्न गएकाले अञ्जुको गीतलाई चलचित्रमा प्रयोग गरिएको निर्देशक घिमिरेले बताएका छन् । जसका लागि घिमिरेले सो गीतको सम्पूर्ण प्रतिलिपि अधिकार प्राप्त गरेको 'रञ्जना म्यूजिक इन्डस्ट्रीजसंग एग्रीमेन्ट समेत गरेको' बताए ।



नाच्न चाहने केटीको कथालाई समेटेर निर्माण गरिन लागेको उक्त चलचित्रमा गायकबाट नायक बनेका बाबु बोगटी, विराज भट्ट र नायिका झरना थापाको मुख्य भूमिका रहेको छ । १६ एमएम सिनेमा स्कोप प्रविधिबाट बन्न लागेको उक्त चलचित्रको छायाकंनमा  युवराज र्राई,  संगीत महेश खडका, द्धन्द्ध रोशन श्रेष्ठ र गोविन्द
राईको नृत्य निर्देशन रहने छ । चलचित्रको छायाँकन सोमबारबाटै गरिएको छ ।