मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हङकङबाट 'माटो'

फिल्मीखबर, काठमाण्डौ, 2010/07/26

किशोर सुब्बाको लेखन तथा निर्देशन रहेको 'माटो' को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रियता र संघीयताको बिषयलाई लिएर निर्माण गरिएको यो चलचित्रको पहिलो शो हङकङबाट हुने भएको छ ।

 

भीम लामाले निर्माण गरेको चलचित्र 'माटो' मा राजेश हमाल, रेजिना उप्रेती, नवनायक मित्र लिङ्देन, श्याम यादव, कृष्ण केसी, मुकुन्द श्रेष्ठ, सिमान्त उदास, पुष्प श्रेष्ठ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय छ । चलचित्रमा दिनेश राईको संगीत, रामजनकको द्वन्द्व, गोविन्द राईको नृत्य र सौरव लामाको छायांकन छ ।