मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा दैनिक तीन चलचित्र

फिल्मीखबर, काठमाण्डौ, 2010/07/28

नेपाली चलचित्रको इतिहासमा पहिलो पटक नेपाली चलचित्र नेपालका चलचित्र भवनमा जस्तै अष्ट्रेलियामा पनि दैनिक रुपमा प्रदर्शन हुने भएको छ । यहि क्रममा तीन चलचित्र 'नाइ नभन्नु ल', 'कुसुमे रूमाल - २' र 'गड लिभ्स् इन दि हिमालयज' अष्ट्रेलियाका प्रमुख तीन शहरमा लगातार प्रदर्शन हुने भएको छ ।

 

बिकाश आचार्यद्वारा निर्देशित चलचित्र 'नाइ नभन्नु ल' पर्थ शहरमा, निरक पौडेलद्वारा निर्देशित चलचित्र 'कुसुमे रूमाल - २' सिड्नी र संजय श्रीनिवासद्वारा निर्देशित 'गड लिभ्स् इन दि हिमालयज' क्यान्बेरामा यहि अगस्ट १२ तारिख देखि २५ तारिख सम्म प्रदर्शन हुँदैछ । यि चलचित्रहरूलाई सोलान्चर नामक कम्पनीले अष्ट्रेलियामा ल्याएको हो ।

 

सोलान्चरका मनोरञ्जन कार्यक्रम प्रमुख राजु शाक्यले नेपाली चलचित्रलाई विदेशी बजारमा ब्यवसायिक ढंगले प्रस्तुत गर्न लागेको बताए । अष्ट्रेलियाका राम्रा हलहरुमा प्रदर्शन गरिने यि चलचित्रहरूलाई नेपाली दर्शकले रुचाएमा महिनाको एउटा नेपाली चलचित्र देखाउने लक्ष्य सोलान्चरले लिएको शाक्यले बताए ।दर्शकहरूको राम्रो प्रतिक्रिया पाए अझै राम्रा-राम्रा नेपाली चलचित्रहरूलाई अष्ट्रेलियामा प्रदर्शन गर्ने उनको भनाई छ ।