मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेक्सी नायिकाको ब्लग

फिल्मीखबर, काठमाण्डौ, 2010/07/28

सेक्सी नायिका झरना बज्राचार्यले ब्लग चलाउन थालेकी छिन् । झरना बज्राचार्य डट कम ठेगाना भएको वेबसाइटमा पाठकले अहिले उनका लेख तथा फिल्मी गतिविधि पढ्न पाउनेछन् । धेरैको अनुमान विपरित पूर्व मिस नेपालले ब्लगमा आध्यात्मलाई जोड दिने बताएकी छन् ।



ब्लगमा “लिभिङु र “स्पिरिटु गरी दुई भाग छन् । “लिभिङुमा झरनाको आजसम्मको जीवन यात्रा र फिल्मी करिअर बारे उल्लेख छ । “स्पिरिटुको भागमा उनका लेख पाठकले पढ्न पाउने छन् । “मलाई थाहा छ धेरै मान्छे सोचभित्र आफूलाई गुमाइरहेका हुन्छन्” बाच द थिङ्कर शीर्षकमा उनले लेखेकी छन्- “धेरै समस्याका मुख्य स्रोत मान्छेकै नकारात्मक स्रोत हुन् ।”




२८ वटा नेपाली फिल्म र बलिउडको लभ इन नेपालमा अभिनय गरेकी झरनाले विपश्यना ध्यानका बारेमा ब्लगमा लेख्ने बताएकी छन् । फिल्मी क्षेत्रमा काम गरे पनि ६ वर्ष देखि उनी विपश्यना ध्यान गर्दै आएकी छन् ।

 

“फिल्म र ग्लामर बारे केही नै लेख्दिन भन्ने पनि हैनु प्रदर्शनको पर्खाइमा रहेको कोही मेरो चलचित्रकी हिरोइनले भनिन्- “आफू जुन अवस्थामा पुग्छु त्यही लेख्छु त्यो ध्यान होस् वा फिल्म ।” बलिउडमा आमिर खान र अमिताभ बच्चन जस्ता स्टारहरुले ब्लग थाले पनि नेपालमा कलाकारले ब्लग आरम्भ गरेको पहिलो पटक हो ।




झरनाको ब्लगको डिजाइन व्यवसायिक वेब डिजाइनर निर्मल ज्ञवालीले गरेका हुन् । “साइटको डिजाइन सामान्य छ र यो झरनाको रोजाइको हो” निर्मलले भने- निर्मलले भने- "यसमा जुम्ला प्लेट्फर्मको प्रयोग गरिएको छ । यो एउटा बहु-प्रचलित कन्टेन्ट म्यानेजमेन्ट सिस्टम हो । "