रेशराज आचार्यले निर्देशन गरेको चलचित्र 'मन, मुटु र माया' शुक्रबारदेखि राजधानीका हलहरूमा प्रदर्शन भईरहेको छ । गोविन्द उपाध्याय र सुचिता उपाध्याय (सुवेदी) को निर्माणमा बनेको सो चलचित्रमा कल्याण घिमिरे, रेजिना उप्रेती, सुजित, जितु नेपाल, दमन रुपाखेतीलगायतले अभिनय गरेका छन् ।
तीनवर्ष अघि निर्माण भइ पालो कुरेर बसेको प्रेम कथामा आधारित चलचित्र 'मन, मुटु र माया' मा शम्भुजित बाँस्कोटाको संगीत, कमल राईको नृत्य निर्देशन, सानुकुमार महर्जनको द्वन्द निर्देशन र सुजितको कथा, पटकथा तथा गीत रहेको छ । चलचित्रका गीतहरूमा प्रमोद उपाध्याय, यम बराल, शम्भुजित बाँस्कोटा, रोशन गुरुङ, देविका बन्दना, प्रतिमाले स्वर दिएका छन् ।