मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'च्यालेन्ज' मा बैकं लुट्न बाँकी

फिल्मीखबर, काठमाण्डौ, 2010/08/01

निर्माण कार्यको अन्तिम चरणमा पुगेको नायक रेश मरहठ्ठाको चलचित्र 'च्यालेन्ज' मा बैकं लुट्न बाँकी रहेको सो चलचित्रको निर्माण पक्षले जनाएको छ । राजधानीका केही बैकंहरुमा  बैक लुटिएको छायाँकन गर्ने सोच बनाएतापनि बैकं प्रशासनले छायाँकनको अनुमति नदिए पछि चाडै नै होटल हिमालयन वा अन्य कतै सेट जडान गरेर बैकं लुटिएको दृश्य छायाकंन गरिने निर्माता तथा नायक मरहठ्ठाले फिल्मीखबरलाई बताए ।



भ्वाईस इन्टरटेनमेन्टको ब्यानरमा अमेरिका साथै स्वदेशका विभिन्न रमणिय स्थानमा छायाकंन गरिएको उक्त चलचित्रमा ३ जना युवती र एक जना महिलाको भेषमा रहेको एक पुरुषले बैकं सजिलै लुटिएको दृश्य राखिने मरहठ्ठाले बताए ।


बेलायतको संग्रालयमा नेपाली सेनाको अति गोप्य दस्तावेज देखेपछि सोही दस्तावेजलाई मध्यनजर गर्दै उनले च्यालेन्ज बनाएको तथ्य खुल्न आएको छ ।
 १ सय ५० बर्ष अघि नालापानी युद्धमा नेपाली सैनिकको गोप्य दस्तावेज बेलायती सेनाले लगेको बिषयलाई रोचकताको साथ प्रस्तुत गरिएको च्यालेन्जको कथा यथार्थ समेत रहेको मरठ्ठाले बताए । फरक धारको यस चलचित्र कुनै पनि विदेशी चलचित्रसंग कपि नभएको भन्दै उनले आफ्नै पाराको हलिउड शैलीको यो चलचित्र भएको दाबी समेत गरेका छन् ।

 

मुस्ताङ लगायतका अति विकट स्थानमा ४ वटा मोटरसाइकलको स्टण्ड यस चलचित्रको अर्को मुख्य आकर्षक बिषय रहेको बताइएको छ । माधव ढकालको समेत लगानी रहेको सो चलचित्रमा रेश मरहठ्ठा, आयुष रिजाल, रेखा थापा र खुस्बु न्यौपानेको साथमा करिब १८ जना बिदेशी नागरिकको भुमिका रहेको  छ । चलचित्रलाई श्याम भट्टराईले निर्देशन गरेका हुन् ।