मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'वीरताको चिनो' को आज प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2010/08/01

जीन्दगीलाई नै मोजमस्ती सम्झने युवापछि गएर देशको लागी त्याग र बलिदान दिन पनि तयार हुन्छन् भन्ने मुख्य कथाबस्तुमा आधारित भएर निर्माण गरिएको चलचित्र 'वीरताको चिनो' आज आईतबार अष्ट्रेलियामा भव्य रूपमा प्रिमियर हुँदैछ ।

 

चलचित्रको प्रिमियरका लागी नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे शनिबार नै अष्ट्रेलिया पुगिसकेका छन् । चलचित्र सिड्नी स्थित हर्स्टभिल इन्टरटेन्मेन्ट सेन्टरमा दिउँसो साढे दुई बजे र साँझ साढे पाँच बजे प्रदर्शन हुँदैछ ।

 

चलचित्रमा ऋचा घिमिरे, सुमन सिंह, विराज भट्ट, रञ्जना शर्मा, ध्रुव दत्त, कल्याण घिमिरेलगायतका कलाकारको अभिनय गरेका छन् । चलचित्रलाई श्याम सुवेदी, श्याम अर्यालले निर्माण गरेका हुन् ।