मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेड कार्पेटका साथ 'वीरताको चिनो'

फिल्मीखबर, काठमाण्डौ, 2010/08/02

शंकर घिमिरेको चलचित्र 'वीरताको चिनो' लाई आइतबार अष्टे्रेलियामा रेड कार्पेटका साथ प्रिमियर गरियो । सिड्नी स्थित हस्र्टभिल इन्टरटेनमेन्ट सेन्टरमा आयोजना गरिएको प्रिमियर शो मा नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेको उपस्थिती रहेको थियो ।

 

२३० सिट क्षमताको हलमा ३०० भन्दा बढी दर्शकको उपस्थिती रहेको आयोजक संस्था क्याट्माण्डु फिल्म्सले जनाएको छ । चलचित्र प्रदर्शन दिउँसो साढे दुई बजे र साँझ साढे पाँच बजे गरिएको थियो । श्याम सुवेदी, श्याम अर्यालले निर्माण गरेको सो चलचित्रमा ऋचा घिमिरे, सुमन सिंह, विराज भट्ट, रञ्जना शर्मा, ध्रुव दत्त, कल्याण घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र राष्ट्र प्रेममा आधारित छ ।
 

 

यस चलचित्रलाई अगस्ट १५ मा पर्थ शहरमा प्रदर्शन गरिने निर्देशक घिमिरेले जानकारी गराए । अष्ट्रेलिया बसाईको क्रममा निर्देशक शंकर र नायिका ऋचाले अन्य ठाँउहरूमा पनि आफ्नो चलचित्र प्रदर्शन गर्ने जानकारी गराए । कंगारुको देश भनेर चिनिने अष्ट्रेलियामा अहिले नेपाली चलचित्रको भिड नै लागेको छ ।