मिति : २०८१ कार्त्तिक २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा चलचित्र अवार्ड सुरु

फिल्मीखबर, काठमाण्डौ, 2010/08/02

सांस्कृतिक संस्थानको सहयोगमा नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्न लागेको नेफ्टा चलचित्र अवार्ड आइतबारदेखि राजधानीमा सुरु भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको समारोहको उदघाटन संचारमन्त्री शंकर पोखरेलले गरेका थिए ।

 

०६६ वैशाख १ देखि २०६६ चैत मसान्तसम्म प्रदर्शन अनुमति पाएका चलचित्रहरुलाई समाबेश गरेर गर्न लागिएको सो महोत्सवमा ३१ चलचित्रले प्रतिश्पर्धा गर्नेछन् । महोत्सव साउन ३० गतेसम्म चल्नेछ  भने चलचित्र अवार्ड ३२ बिधामा बितरण गरिने भएको छ ।

 

महोत्सवको जुरीमा प्रभाकरदेव शर्मा, मोहन निरौला, बिजयरत्न तुलाधर, शान्ति प्रिय, नरेन्द प्रधान र विशेष श्रेष्ठ रहेका छन् । दर्शकसँगै बसेर जुरीहरूले प्रदर्शित चलचित्रको निर्णय गर्नेछन् । समारोहमा चलचित्र 'कुसुमे रुमाल-२' प्रदर्शन गरियो । अवार्ड कार्यक्रमलाई तराई टेलिभिजनले प्रस्तुत गर्दैछ ।
 

 

समारोहमा चलचित्र क्षेत्रमा सहयोग पुर्‍याए बापत निर्देशक शोभित बस्नेतलाई सम्मान गरिएको थियो । त्यसैगरी सोही समारोहमा चलचित्र बिकाश बोर्डका अध्यक्ष अमर गिरी, बोर्डकै सदस्यद्वय सपन घिमिरे र आरती चटौत तथा अष्टनारायण हलका संचालक रामवीर मानन्धरलाई सम्मान गरिएको थियो ।

 





 

 

 

 
Most Visited News (monthly)