मिति : २०८१ माघ १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्यामलाई १० लाख

अनुप भट्टराई , काठमाण्डौ, 2010/08/02

नेपाली हिरो हिरोइनले अभिनय गर्दा कति पारिश्रमिक पाउलान ?  लाखमा कुरा गर्दा १, २ , ३ , ४ , ५ सायद धेरैको उत्तर यहिँ नै हुन्छ होला । तर नायिक नायिकालाई आफ्नो हरेक इशारामा नचाउने नायकको पनि महाँनायक एवं  नेपाली चलचित्रका एक जना निर्देशकले  भने एउटा चलचित्र निर्देशन गरे बापात पुराका पूरा १० लाख रूपैया लिएका छन् । 

 

नेपाली रजतपटमा फुच्चे निर्देशक भनेर चिनिने ती भाग्यमानी निर्देशक हुन श्याम भट्टराई  । निर्माणाधिन हलिउड स्टाइलको चलचित्र 'च्यालेन्ज' मा सोचे भन्दा कयौ गुणा राम्रो निर्देशन गरेको कारण  फुच्चे निर्देशक श्याम भट्टराईले निर्माता माधव ढकाल र रेश मरहठ्ठाबाट १० लाख रूपैया लिएका हुन । हार्डवर्कर निर्देशकको रूपमा समेत परिचित भट्टराईको काम देखेर मरहठ्ठाले उनलाई १० लाख दिएका थिए । मरहठ्ठा भन्छन् 'यस्ता निर्देशकको नेपालमा खाचो छ त्यसैले  उचित पारिश्रमिक दिन लोभ गर्नु हुदैन ।' 

 

छायाकंनको  अन्तिम चरणमा पुगेको बेला आजकाल भट्टराईले  'च्यालेन्ज'  निर्देशन गर्न पाएको प्रति आफु निकै खुशी र गौरवान्वित समेत भएका छन् । च्यालेन्जमा उत्कृष्ट निर्देशन गरेकै कारण रेट समेत बढाउन लागेका  निर्देशक भट्टराईलाई केही निर्माताहरूले नयाँ चलचित्रमा र्साईन गर्न लगाएतापनि उनले त्यस्ता प्रस्तावहरूलाई आजकाल बहिस्कार गर्दै आएका छन् । कारण च्यालेन्जको निर्देशन गर्दा १० लाख पोल्टामा पारेका भट्टराईले अब के को ?  दुई चार लाख भन्दै आफ्नो नयाँ रेट केही समय पछी  सार्वजनिक गर्न लागेको बुझिएको छ । 

 

च्यालेन्जको प्रदर्शन कहिले होला भन्दै आतुर रहेका निर्देशक भट्टराई नेपालकै सबैभन्दा बढी पारिश्रमिक लिने निर्देशकको अग्रपङतिमा दर्ता भईसके भन्दा केही फरक नपर्ला । रेखा थापा, नव नायिका खुश्वु न्यौपाने, आयुष रिजाल र स्वयम रेश मरहठ्ठाको अभिनय रहेको सो चलचित्र छुट्टै धारको रहेको निर्माण पक्षले दावी गर्दै आएको छ । १ सय ५० बर्षअघि नालापानी युद्धमा नेपाली सैनिकको गोप्य दस्तावेज बेलायती सेनाले लगेको बिषयलाई उठान गरिएको सो चलचित्र  भ्वाईस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।