बिहिबार प्रिमियरको तयारीमा जुटेको चलचित्र 'फष्टलभ' मा नायिका नम्रता श्रेष्ठको अभिनय पनि रहेको खुल्न आएको छ । चलचित्रलाई हयाप्पी इन्डिङ बनाउन नम्रतालाई अन्तिमको समयमा नायक कर्मको जोडीको रूपमा उनलाई अतिथि कलाकारको भूमिकामा निर्देशक सिमोश सुनुवारले प्रयोग गरेको बुझ्न आएको छ ।
सस्पेन बनाउन नम्रता बारे कुनै पनि विज्ञापन नगरेको चलचित्रको टिमले हरेक पोष्टर ,ब्यानर र विज्ञापनमा चार जना मुख्य कलाकार आर्यन सिग्देल, विनय श्रेष्ठ, निशा अधिकारी र ऋचा शर्मालाई मात्र प्रयोग गरेको छ । प्रिमियर अगावै थाहा पाईएको जानकारी अनुसार नायक कर्मको फष्ट लभ निशा अधिकारी, निशाको फष्ट लभ आर्यन र आर्यनको पनि फष्ट लभ निशा भएका कारण एकहोरो प्रेम गर्ने कर्मले आफ्नो पहिलो प्रेम नपाउने र अन्तमा उसले नायिका नम्रतालाई भेट्ने बुझिएको छ ।
क्याम्पस पढ्ने यि पात्रहरूको विदाई समारोहमा आफुले मनपराएकी मायालुलाई आर्यनको अगालोमा देखेपछी दुखी भएको कर्म घर र्फकने समयमा अर्को मायालु (नम्रता) लाई भेट्ने दृश्य चलचित्रमा सावेश गरिएको छ ।
गएको असार २४ गते सो चलचित्रको अडियो प्रिमियरमा नम्रता उपस्थित हुदाँ धेरैले प्रश्न समेत गरेका थिए नम्रता किन प्रिमियरमा ? आज उनको रहस्य खुलेको छ । अतिथि कलाकार भएर होला उनी त्यो प्रिमियरमा उपिस्थत भएकी थिइन् । यध्पी सो समयमा उनको अभिनय बारे केहीँ खुलाईएको थिएन् ।