मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश क्यासिनो पीडित

फिल्मीखबर, काठमाण्डौ, 2010/08/04

राजधानीका पाँचतारे होटलमा सञ्चालित क्यासिनोमा नेपालीहरूले जुवा खेलेर घरबार लुटाएको तथ्यलाई लिएर निर्देशक रमेश बुढाथोकीले 'ग्याम्लर' नामक चलचित्र निर्माण गर्दैछन् । निर्देशक बुढाथोकीकै कथा रहेको सो चलचित्रको पटकथा र संवाद ब्रजेश खनालको रहेको छ ।

 

चलचित्रमा राजेश हमाल, सुमन सिंह, कल्पना शाही, नेहा निरौला, बिना बुढाथोकी, हेमन्त बुढाथोकी लगायतका कलाकारहरूले अभिनय गर्नेछन् । शम्भुजित बाँस्कोटाको संगीत रहेको उक्त चलचित्रको अहिले गीत रेकर्डीङ कार्य भईरहेको छ भने छायाँकन पनि केहि दिनमै शुरू हुने जानकारी निर्माण पक्षले दिएको छ । यादव गुरुङको निर्माणमा बन्न लागेको सो चलचित्रमा नायक हमालले क्यासिनो पीडितको भूमिका निर्वाह गर्दैछन् ।