मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अरबियन सागरमा तैरिरहेको 'हाम्रो सम्बन्ध'

तिर्थ संगम राई, कतार, 2010/08/05

गीत संगीत मनको आवाज हो । शब्द संगीत र स्वरको समायोजनले पूर्ण गीतको मूर्तरुप बन्ने छ । नेपाली सांगीतिक बजारमा पृथक गिती क्यासेट भर्रखरै उदय भएको छ 'हाम्रो सम्बन्ध'

 

१९७ औं भानुजयन्तिको अवसरमा नवोदित साहित्यिक वाचनालय कतारले गरेको बृहत साहित्यिक कार्यक्रममा नेपालबाट आउँनु भएका लोकपि्रय कवि तथा गितकार श्रवण मुकारुङको हातबाट सो क्यासेटको लोकार्पण गरिएको थियो । बैदेशिक रोजगारको शिलशिलामा कतार हानिएका गीतकार कपिल भट्टको पहिलो प्रस्तुति यस संग्रहमा माया, प्रेम, मानविय सम्बेदना, गाउँघरको झलकहरु महशुस गर्न सकिन्छ । आफ्नो प्रेयसीलाई मरिहत्ते माया गर्ने गीतकार आफ्ना गीत मार्फत कहिले आफ्नो दिलको रोष प्रकट गर्छन् भने कहिले आफ्नो दिलको प्रेम प्रकट गर्छन् ।

 

गीतकारले स्वदेश प्रति आफ्नो कर्तव्य पनि निभाउन भ्याएका छन् । त्यहि भएर आफु नेपाली भएको परिचय दिदै कर्णालीको चिसो पानी, सल्लाघारी र साईला दाईको रुप सम्झन्छन् । त्यति मात्र कहाँ हो र  चन्द्रमुखी मायाँलुको मुहार गायक जगदीश समाजद्धारा मुटुभरि सजाउँन पुग्छन् । बिधागत गीतकार नभए पनि उनको गीतमा खोट लगाउँने ठाउँ छैन । अहिलेको नयाँ पुस्तालाई हस्तातरण गर्न खोजिएको यो गिती एल्बम स्वीकार योग्य मान्न सकिन्छ तर यति हुँदा हुदै पनि यस संग्रहलाई अब्बल दर्ताको मान्न सकिन्न किन भने शब्द र संगितको राम्रो संयोजन नहुनुले कहिकतै गीतहरु चिप्लन खोजेकाछन् तर पनि गीत खराब बनेको छैन । यो अर्थमा यो संग्रहलाई मध्यम दर्जामा राख्न सकिन्छ ।

 


कपिल भट्टद्धारा प्रस्तुत् गरिएको यो गिती क्यासेटलाई शिव कैलाश कला मन्दिरले बजारमा ल्याएको छ । १० वटा पृथक भाव र मिठास सुन्न सकिनेछ । दुर्गा गुरुङ्ग तथा विकास चौधरीको संगितमा सजिएको यस क्यासेट भित्र जगदीश समाल, रामचन्द्र काफ्ले, आभा मुकारुङ, क्रान्ति आले, अन्जना गुरुङ, प्रमोद खरेल, दुर्गा गुरुङ र विकास चौधरीको स्वर रहेको छ । नेपालको लागि मूल्य रु २२५ कतार लगायत अन्य खाडि मुलुकको लागि मुद्रा अनुसार १० र अन्य राष्ट्रहरुको लागि १० डलर रहेको छ । केहि गीतहरुको भिडियो निर्माण र दृश्याकंन कतारमा नै गरिने जानकारी गीतकार कपिल भट्टले दिएका छन् ।