
प्रदर्शनका लागि लामो समयदेखि पालो पर्खिएको चलचित्र 'कृष्णा' शुक्रबारदेखि राजधानीको विश्वज्योतिलगायत दर्जन बढी हलमा प्रदर्शनमा आएको छ ।
सुजन लामाको निर्देशनमा आरबिके शरदले निर्माण गरेको यस चलचित्रमा राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, नन्दिता केसी, सुमी खड्कालगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको छायाँकनको क्रममा यसको नाम 'खोला वारी खोला पारी' राखिएको थियो तर पछि यो नाम पुरानो जस्तो लाग्ने भएर 'कृष्णा' राखिएको हो ।
ग्रामिण र सहरिया भेगका युवापुस्ताले गर्ने प्रेम, सौतेनी आमाबाट छोरा छोरीहरूले पाउने कष्ट र बालविवाह तथा अनमेल विवाहको कथालाई चलचित्रले प्राथमिकतामा राखेको छ ।