
निर्देशक आलोक नेम्वाङद्वारा निर्देशित चलचित्र 'कोही मेरो' लाई मुम्बईको एक कानारेज पोस्ट स्टुडियोमा फाइभ प्वाइन्ट वान सराउन्ड साउन्ड मिक्सिङ गरिएको छ ।
चलचित्रमा स्लमडग मिलेनियरबाट साउन्ड मिक्सिङमा ओस्कार जितेका साउन्ड इन्जिनियर रसुल पुकुटी तथा अखिलेश आचार्यले मिक्सिङको काम गरेका छन्। सोही स्टुडियोमा स्लमडग मिलेनियर, गजनीलगायतका चलचित्रको पनि साउन्ड मिक्सिङ गरिएको थियो ।
चलचित्रको कथा, छायाँकन स्थल, संगीत जत्तिकै स्तरीय बनाउनका लागि साउन्ड मिक्सिङ गर्न मुम्बई पुगेको निर्देशक आलोकले जानकारी गराए । मुम्बई पुगेर साउन्ड मिक्सिङ गर्न १० लाख नेपाली रुपियाँ खर्च भएको निर्माता सुरज बंशलले जानकारी गराए।
मुभिज डटकमको ब्यानरमा राजेश बंशल र सुरज बंशलले निर्माण गरेको सो चलचित्रमा आर्यन सिग्देल, झरना बज्राचार्य, संचिता लुइँटेल र सुवास थापाले मुख्य भुमिका निर्वाह गरेका छन् । यो चलचित्र भदौ महिनामा सार्वजनिक हुँदैछ ।