नेपाल-चीनबीच दौत्य सम्बन्ध कायम भएको ५५ औं वर्षगाँठका अवसरमा मंगलबारदेखि राजधानीमा चिनियाँ चलचित्र महोत्सव सुरु भएको छ । राजधानीको राष्ट्रिय सभागृहमा सुरु भएको दुई दिने सो महोत्सवको उद्घाटन संस्कृति सचिव मोदराज डोटेलले गरे ।
चिनियाँ राजदुतावास र वल्र्ड कल्चरल नेटले संयुक्त रुपमा आयोजना गरेको महोत्सवमा पाँच चिनिया चलचित्र प्रदर्शन गरिँदै छ । महोत्सवको पहिलो दिन 'फेयरवेल टु माई कन्क्युबिन' र 'सांघाई ट्रायड' प्रदर्शन गरियो । त्यसैगरी महोत्सवको दोस्रो दिन बिहान ११ बजे 'पर्पल सन्सेट', मध्यान्न १:३० बजे 'सिया हुवा' र साँझ ५:३० बजे 'भिजिटस्र अन दी आइसी माउन्टेन्स' देखाईंदै छ । महोत्सवमा नि:शुल्क प्रवेशको व्यबस्था गरिएको छ ।