मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशकको जानकारी अब मोबाईलमा

अनुप भट्टराई, काठमाण्डौ, 2010/08/12

तपाईलाई  निर्माता तथा  निर्देशक दिपक खाँड को बारेमा जानकारी चाहिएको छ भने अव न आत्तिनुहोस । चौथो चलचित्र "दि क्रिष" को निर्माण कार्यमा जुटिरहेका निर्देशक खाँडले हिजो बुधबारबाट आफ्नो सम्पूर्ण जानकारी मोबाईल कम्प्याक टेबल बनाएका छन् ।

 

यदि तपाईले मोबाईलको म्यासेज बक्समा गएर AC deepak   टाईप गरी ५००१ मा पठाउनु भयो भने तपाईले एउटा भिजिटिङ कार्डमा हुने सम्पूर्ण जानकारी  म्यासेज मार्फत पाउन सक्नु हुन्छ । तपाईले प्राप्त गर्नु भएको सो एसएमएस मा "दिपक खाँड, र्डाईरेक्टर एण्ड प्रोडुसर, ए एण्ड डिके फिल्मस प्राईभेट  लिमिटेड साथै  उनको अफिस र मोबाईलको  नम्बर अनि व्यक्तिगत इमेल ठेगाना समेत पाउँन सक्नु हुन्छ ।" 



भिजिटिङ कार्ड हराउने, च्यातिने र कार्डको बेवास्ता हुने हुनाले आफूलाई चाहिएको बेला जुनकुनै समयमा जानकारी लिन सकिने भएकोले यस्तो व्यवस्था गरिएको निर्देशक खाँडले फिल्मीखबरलाई जानकारी गराए । २१औ शताब्दीमा प्रविधिसंग मिल्न खोजेका  दिपकको यो पछिल्लो क्रियाकलाप धेरैलाई मन समेत परेछ । नेपाली चलचित्र उद्योगमा इमेल पनि चेक गर्न नसक्ने निर्माता र निर्देशक रहेको अवस्थामा खाँडले चालेको यो कदम साच्चिनै सहरनिय छ ।