यदि तपाई गायक भरत सिटौलाको फयान हुनुहुन्छ भने उनको बारेमा थप नयाँ कुरा थाहा पाउन तयार हुनुहोस । उनी अब गायक मात्र हैन पत्रकार समेत बनेका छन् त्यो पनि टेलिभिजनको ।
आउँदो भदौको अन्तिम साताबाट प्रसारणमा आउन लागेको हिमालयन टेलिभजनमा चार वटा इन्टरटेन्मेन्टका कार्यक्रम सहित उनले दर्शकलाई मनोरञ्जन दिलाउने तयारी गरिरहेका छन् । झण्डै एक दश लामो साँगीतिक जीवनमा पहिलो पटक २०६० सालमा 'मोड' एल्बम लिएर दर्शक र श्रोता माझ आएका भरतले हाल 'मोड' सहित, 'म अनि तिमि' र 'महिमा' गरी तीन वटा एल्बम बजारमा ल्याइसकेका छन् । 'अचानक आज तिमिलाई के भयो', 'माया लाउनत' जस्ता हिट गित पहिलो एल्बममै दिएका गायक सिटौलाको जीवन शैली हिजो गायक हुदाँको भन्दा केही फरक हुदै गएको छ ।
गायक हुदाको क्षण सम्झदै सिटौला भन्छन् "हातमा गितार लिएर भनेको बेला निर्धक्कसंग जहाँ जान मन लाग्छ त्यहीँ जान्थे तर आजकाल भने जस्तो हुदैन ।" "गायन र पत्रकारिताको दुई पेशालाई ब्यालेन्स गर्न गाह्रो भएको" भन्दै उनले आफ्नो गायन पेशा भने नछाड्ने बताए । संगीतकार समेत रहेका सिटौलालाई किन पत्रकारिता सुरू गरेको भन्दा ? "सानै देखि मिडियासंग रिलेटेड हुने सौख थियो त्यसैले यो पेशा अगालेको हुँ " उनको उत्तर थियो ।
काठमाण्डौको कपनमा बस्दै आएका सिटौला साढे दुई महिना यता बिहान १० बजे होण्डा र्साईन बाइकमा चढेर पूरानो बानेश्वरमा रहेको अफिस आउँछन् र आठ घण्टा सम्म दैनिक खट्छन् । त्यति मात्र हैन गायक हुदा सेलिब्रेटी बनेका भरत आजकाल अन्य सेलिब्रेटीसंग हातमा टेलिभिजनको बुम लिदै अर्न्तवार्ता लिई रहेको देखिन्छन् ।
सांगितिक समाचार, सांगितिक लाईभ शो, एउटा साप्ताहिक कार्यक्रम, र सेलिब्रेटी टक शो लिएर टेलिभिजनको पर्दामा छाउन लागेका यि अबिवाहित गायकले आफु छिट्टै बिवाह बन्धनमा बाधिन समेत लागेको रहस्य खोले । यध्पी बिवाहको बारेमा भने उनी त्यति खुल्न चाहेनन् । गायक हुदा विना रूटिनको लाईफ चलाईरहेका गायक सिटौला आजकाल भने रूटिनमा हिड्ने गरेको बताउछन् । २०५७ सालमा एक फाईनान्स कम्पनीमा पहिलो पटक जागिर खाएका सिटौला त्यसपछी गायक भए र हाल सञ्चारकर्मी भएर आफ्नो तेस्रो परिचय बनाईरहेका छन् ।