मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारहरूको जम्बो टोली दोलखामा

अनुप भट्टराई, काठमाण्डौ, 2010/08/13

भोली शनिबार कलाकारहरूको जम्बो टोली दोलखा जाने भएको छ । शनिबार त्यहाँ आयोजना हुने बक्स अफिस फिल्म अर्वाडको समापन कार्याक्रममा लागि डेढ सय भन्दा बढी कलाकार तथा प्राविधिकहरू त्यहाँ पुग्ने कार्यक्रम रहेको  संयोजक आर के सुवेदीले जानकारी दिए ।



बक्स अफिस अवार्ड चुम्न गोविन्द शाहीको "कहाँ छौ कहाँ"  र नायक श्रीकृष्ण श्रेष्ठको "कहाँ भेटिएला"  अन्तिम प्रतिष्पर्धामा रहेका छन् । नेपाली चलचित्र उभो नलागेको भन्दै संयोजक सुवेदीले कार्यक्रम समानपन संगै दोलखा भिमसेनस्थानमा यज्ञ समेत गरिन लागिएको जानकारी दिए ।



२०६६ सालमा प्रदर्शनमा आएका ३७ वटा चलचित्र मध्ये उत्कृष्ट हुने एकलाई  बक्स अफिस अर्वाड दिने योजना अनुरूप बक्स अफिस पत्रिकाले यो कार्यक्रम आयोजना गरेको हो । चलचित्रलाई उत्कृष्ट ठर्‍याउने जिम्मा पाएका  ९ सदस्य जुरूहरू मध्ये नायिका करिश्मा मानन्धर, निर्माता राजकुमार र्राई, अभिनेता सुनिल थापा, र लक्ष्मी नाथ शर्मा शुक्रबारै  दोलखा प्रस्थान गरिसकेका छन् ।



शनिबार दोलखामा हुने कार्याक्रममा महानायक राजेश हमाल, आर्यन सिग्देल, नायिका रेखा थापा  बाहेक अधिकाशं कलाकार त्यहाँ पुग्ने कार्याक्रम रहेको बताईएको छ ।