मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोज राणा जेल चलान

फिल्मीखबर, काठमाण्डौ, 2010/08/14

चलचित्र निर्माता तथा नायक रोज राणा भनिने सरोज थापा  जेल चलान भएका छन् । मानव वेचविखनको अभियोग लागेका राणालाई काठमाडौं जिल्ला अदालतको पूर्पक्षका लागी कारागार पठाउने आदेशपछि उनलाई केन्द्रिय कारागार पठाईएको हो ।

 

बैशाख १० गते बागबजारमा रहेको टप भिआईपी डान्सबारमा छापामार्नेक्रममा अश्लिल नृत्य गरेको अभियोगमा पक्राउ परेका महिला कामदारले राणाले धम्क्याएर जर्वजस्ती नग्न नृत्य गराउने गरेको बयान दिएपछि प्रहरीले उनीसहित तीन जना विरुद्ध मानव वेचविखन विरुद्धको अभियोग लगाएको थियो।

 

महिला कर्मचारीको बयान सरकारी वकिलको कार्यालयमा प्रमाणित गरी महानगरिय प्रहरी परिसर काठमाडौंले राणा विरुद्ध मानव वेचविखनको अभियोगको मुद्धा दायर गरेपछि असार ३२ गते राणाले परिसर समक्ष आत्मसर्मपण गरेका थिए। मानव बेचविखन तथा ओसारपसार मुद्दामा राणामाथि लागेको अभियोग प्रमाणित भएमा उनी १५ वर्षसम्म जेल बस्नुपर्नेछ ।

 

दादागिरी नामक चलचित्रबाट फिल्म निर्माताको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका राणाले ६ वटा फिल्म बनाइसकेका छन् भने २ वटा चलचित्र टक्कर दुई मुटुको र महानमा नायक भएर अभिनय पनि गरिसकेका छन् ।