मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रीकृष्ण र स्वेतालाई दोलखामा पञ्चेबाजा सहित स्वागत

फिल्मीखबर, काठमाण्डौ, 2010/08/14

बक्स अफिस फिल्म अर्वाडको समापन कार्यक्रममा दोलखा पुगेका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्कालाई स्थानिय बासिन्दाहरूले फूलमाला सहित पञ्चेबाजाले भव्य स्वागत गरेका छन् ।

 

दोलखा जिल्लाको सदरमुकाम चरिकोट स्थित कालिञ्चोक चलचित्र मन्दिरमा गरिएको स्वागतमा हजारौं दोलखा बासीहरूको उपस्थिती रहेको फिल्मीखबरका प्रतिनिधी अनुप भट्टराईले जानकारी दिए। सोही क्रममा चलचित्र निर्माता तथा अभिनेता केशब भट्टराई, नायिका रेजिना उप्रेती, निर्देशक शोभित बस्नेत, नायक बिरेन श्रेष्ठ, निर्देशक शिब रेग्मीलगायतका कलाकारहरूलाई पनि दोलखा बासीहरूले बिशेष सम्मान गरेको हाम्रा प्रतिनिधीले जनाएका छन् ।

 


कालिञ्चोक चलचित्र मन्दिरमा आजै श्रीकृष्ण श्रेष्ठको "कहाँ भेटिएला" बिशेष प्रदर्शन पनि गरिएको छ । आज शनिबार दोलखामा सिनेस्टार मासिक र बक्स अफिसको आयोजनामा बक्स अफिस फिल्म अर्वाडका लागि गोविन्द शाहीको "कहाँ छौ कहाँ"  र नायक श्रीकृष्ण श्रेष्ठको "कहाँ भेटिएला" ले अन्तिम प्रतिष्पर्धा हुँदैछ । यि दुई चलचित्र मध्ये एकले २०६६ सालको सर्बोत्कृष्ट चलचित्रको बक्स अफिस फिल्म अवार्ड पाउने छ । अवार्डका लागी २०६६ सालमा प्रदर्शनमा आएका ३७ वटा चलचित्रले प्रतिष्पर्धा गरेका थिए । सो अवार्डको जुरीमा नायिका करिश्मा मानन्धर, निर्माता राजकुमार र्राई, अभिनेता सुनिल थापा, द्वन्दनिर्देशक राजेन्द्र खड्गी र निर्देशक लक्ष्मीनाथ शर्मा थिए ।

 

अहिले केही बेरमा दोलखा भिमसेनस्थानमा नेपाली चलचित्रकर्मीहरूले चलचित्र क्षेत्रको सफलताको लागी बिशेष पुजा पनि गर्दैछन् । कार्यक्रमको फोटो फिचर सहित हामी केही बेरमा उपस्थित हुने छौ ।