मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नायकका सबै सामान 'गिफ्टेड'

फिल्मीखबर, काठमाण्डौ, 2010/08/15

नायक वीरेन श्रेष्ठलाई उनले प्रयोग गरेको कुनै पनि सामान कहाँ किन्नु भएको हो र कतिमा ?  भनेर सोध्नु भयो भने उनले जवाफ दिन्छन् "मलाई केही थाहा छैन।" किनभने उनलाई हामीले यहि प्रश्न गर्दा उनले यस्तो जवाफ फर्काएका थिए ।
 

 

आफूले प्रयोग गर्ने सामानको बारेमा आँफैलाई थाहा नहुने त पक्कै हुँदैन ।  यो बिषयमा हामिलाई जान्न मन लाग्यो र हामिले उनलाई प्रश्न तेर्सायौं । आफैले प्रयोग गर्ने समानको मूल्य आफैलाई थाहा नहुने पनि हुन्छ र ? केहि बेर भन्न अकमकाए पनि अन्तत: उनले रहस्य खोल्न बाध्य भए । कारण रहेछ उनी धेरै गिफ्टका सामान चलाउदा रहेछन् ।  सपिङ गर्न निकै अल्छी मान्ने यि नायकले नियमित रूपमा हातमा लगाउने गरेको पञ्चधातुको रिङ, पोलिस कम्पनीको घडी, देब्रे कानमा लगाएको व्हाइट गोल्डको टप, पर्स र गुसी कम्पनीको ब्राउन चश्मा सबै गिफ्ट पाएका रहेछन् ।

 

आफुले लगाएको सामानतर्फ औलाउदै वीरेनले भने "यो चश्मा, यो टप र हातको रिङ केटी साथीले गिफ्ट दिएको हो ।"  त्यस बाहेक उनले प्रयोग गरेको ३०० पाउण्डको घडी निर्माता सुनिल सिटौलाले दुई बर्ष अगाडी उनलाई दिएका रहेछन् ।  निलो टिर्सटमा भेटिएका नायक श्रेष्ठले भने "यो टिर्सट पनि भाउजूले दिनु भएको हो र  मैले बोकेको पर्स पनि उहाँले नै दिनु भएको हो ।" 

 

२०५६ सालमा चलचित्र "मेरो नाम के हो" बाट नायकको  परिचय बनाएका यि ३१ बर्षे अविवाहित नायकले हालसम्म १३ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । चलचित्र मिस्टर मंगलेबाट निर्माता पनि भएका नायक हाल आफ्नै प्रोजेक्ट अर्न्तगतको "मनले मनलाई छुन्छ" को पोष्ट प्रोडक्सन कार्यमा जुटिरहेका छन् ।

 

बलिउड नायक अमिर खानलाई आफ्नो आईडियल पात्र मान्ने यि नायक आजकाल आफ्नो शरिरलाई हृष्टपुष्ट बनाउन दिनको दश वटा अण्डा समेत खान थालेका छन् । चलचित्र क्षेत्रमा आउन अघि साईबर पेशा अंगालेका यि नायक हिरो नभएको भए के बन्थे त भन्ने प्रश्नमा "कि त व्यापारी कि आर्मीको ल्याप्टेन"  उनको जवाफ थियो । रियल लाईफमा आर्मीको ल्याप्टेन हुने सौख राखेका यि नायकले पहिलो चलचित्रमै आर्मीको क्यापटेनको भूमिका गर्ने मौका पाएकाले  उनको त्यो सौख चलचित्रले पुरा गरिदिएको बताए ।