मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लाइटम्यान दिनेशको निधन

फिल्मीखबर, काठमाण्डौ, 2010/08/15

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा लाइटम्यानको रुपमा काम गर्दै आएका दिनेश लिम्बूको घरको छानाबाट खसेर निधन भएको छ। चलचित्रमा काम नभएर खाली भएका बेला घर निर्माणमा काम गर्दै आएका लिम्बू चार दिनअगाडि कलंकीस्थित एक निर्माणाधीन घरको ढलानका लागि फर्मा ठोक्ने क्रममा खसेर घाइते भएका थिए।

 

चार दिनसम्म कोमामा रहेपछि शुक्रबार राति ९ बजे उपचारका क्रममा उनको निधन भएको नेपाल प्राविधिक संघका अध्यक्ष सन्तु तामाङले जानकारी गराए। प्राविधिक संघले राहतस्वरुप मृतक लिम्बुकी पत्नीलाई दुई लाख २० हजार रुपैंया प्रदान गरेको छ भने चलचित्र विकास बोर्डले एकलाख रुपैंया प्रदान गर्ने भएको छ । ख्यातिप्राप्त छायाँकार राजुविक्रम थापाको समूहमा रहेका लाइटम्यानको रुपमा काम गर्दै आएका २८ बर्षिया लिम्बुकी पत्नी र चार महिनाको छोरा छन् ।