मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

चर्चा 'नाइ नभन्नु ल' कै

फिल्मीखबर, काठमाण्डौ, 2010/08/15

अहिले देशभर चलचित्र 'नाइ नभन्नु ल' कै चर्चा छ । टेलिभिजन, एफ एम रेडियो, पत्रपत्रिका, अनलाईनमा मात्र नभएर मोबाईलको कलर रिङ ब्याक टोन र सडक-सडकमा 'नाइ नभन्नु ल' छाएको छ ।

 

बिकाश आचार्यद्वारा निर्देशित यो चलचित्र यहि भाद्र ४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ । त्यसैले अहिले उक्त चलचित्रको प्रचारप्रसारलाई ब्यापक बनाईएको छ । चलचित्रको गीतले पनि निकै चर्चा पाएको छ र त्यसको प्रत्यक्ष असर चलचित्रलाई परेको छ । अहिले आफ्नो चलचित्रको गीत सर्वाधिक चर्चामा आएपछि निर्देशक आचार्य मात्र नभएर चलचित्रका कलाकार जीवन लुईटेल र ऋचा सिंह ठकुरी निकै खुसी छन् । यता चलचित्रका निर्माता रमेशजंग रायमाझीले पनि चलचित्रले यस्तो चर्चा पाउला भनेर नसोचेको बताउँछन् ।

 

चलचित्रको शिर्ष गीत 'नाइ नभन्नु ल' को कलर रिङ ब्याक टोन करिब ९५ हजार पटक डाउनलोड भईसकेको छ । यसरी गीतलाई मन पराईदिए पछि चलचित्रलाई पनि गीत जत्तिकै मन पराउने आश गर्छन् निर्देशक आचार्य । चलचित्रमा समेटिएका अन्य ३ गीत पनि अत्यन्त सुमधुर भएको दाबी गर्दै निर्देशक आचार्य भन्छन्, 'मेरो चलचित्रका कुनै गीत पनि कमजोर छैनन् । सबै गीत सुनुसुनु लाग्ने खालका छन् ।' चलचित्रका सबै गीत सुमधुर भए एउटा गीतलाई मात्र किन प्राथमिकतामा राखियो त ? उनी भन्छन्,' चिनी एकै पटकमा धेरै खाने हो भने त्यो तितो हुन्छ ।'