मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युवायुवतीको मनमा फस्टलभ

कृष्ण न्यौपाने, दमौली, 2010/08/16

गत साताबाट दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र 'फस्टलभ' ले युवायुवतीको मन जितेको छ ।


चलचित्र प्रदर्शन भए यता हालसम्म ११ हजार भन्दा बढि दर्शकले हेरेका छन् । चलचित्र मन्दिरका व्यवस्थापक प्रमोद पाण्डेका अनुसार  चलचित्रमा हेर्नेमा युवायुवतीले बढि रहेका छन् । विशेष गरी चलचित्र हेर्नेमा कलेज पढ्ने युवायुवतीको भीड लाग्ने गरेको पाण्डेले बताए ।

 


प्रदर्शनको छोटो अवधिमै सबैभन्दा धेरै दर्शकले हेरेको फस्टलभ पहिलो चलचित्र हो । चलचित्र अझै एक साता लाग्ने उनले बताए । सिमोस सुनुवारको निर्देशन रहेको यस चलचित्रमा आर्यन सिग्देल, कर्म शाक्य, विनय श्रेष्ठ, निशा अधिकारी, ऋर्चा शर्मा आदिको मुख्य भूमिका रहेको छ ।