मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नम्रता जस्तो हिरोइन चाहियो दिपेन्द्रलाई

फिल्मी खबर, काठमाण्डौ, 2010/08/18

आफ्नो अप कमिङ्ग प्रोजेक्टको लागि  युवा निर्देशक दिपेन्द्र के खनाललाई एउटी हिरोइनको खाचो परेको छ । त्यो पनि नायिका नम्रता श्रेष्ठ जस्तो । 

फिल्मी खबरसंग कुरा गर्दै निर्देशक खनालले प्रेम कथामा आधारित आफ्नो नयाँ चलचित्रमा नायक पक्का भएपनि हिरोइनको खाचो भएको बताए । जसरी नेपाली निर्देशकहरूको नजरमा नायक आर्यन सिग्देल परेका छन् त्यसरीनै उनको आगामीको प्रोजेक्टका लागि नायक आर्यन करिब  पक्का भएका छन् भने हिरोइन तय भईनसकेको  उनले जानकारी दिए ।

"मलाई नम्रता जस्तो हिरोइन चाहियो"  उनले भने । फिगर नम्रता जस्तो र अलिकति एजुकेटेड भए हिरोइन पनि पक्का हुने उनको भनाई थियो । तर कसलाई लिऊ ? " उल्टै प्रश्न गर्दै उनले भने "कोही छैन त्यस्तो ? "  ५ बर्ष जापानमा फिल्म निर्देशनको शिक्षा लिएर नेपाल फर्किएका यि फेसनेवल निर्देशकले "दि युग देखी युग सम्म" मा जसरी नायिका अनु शाहलाई फिल्म खेल्ने अबसर दिए त्यसरीनै नयाँ नायिकालाई उनले आफ्नो आउँदो प्रोजेक्टमा स्थान दिन लागेका हुन ।

नायिका मनिषा कोइराला र महानायक राजेश हमालको केमेष्ट्री मिलाउदै ४९ दिनको छोटो समयमा आफ्नो दोस्रो  र विग प्रोजेक्टको चलचित्र  "धर्मा " बनाएका यि निर्देशकले पूर्ण रूपमा अंग्रेजी भाषामा आधारित चलचित्र बनाउनु भन्दा पहिला अर्को चलचित्र बनाउने तयारी गरेका हुन । "अबको केही दिनमा नाम समेत जुर्छ  र कलाकार पनि,"   उनले आफ्नो चलचित्रको बारेमा जानकारी दिदै भने ।

सिनेमा भनेको क्रिएसनको काम हो भन्दै खनाल भन्छन "भारतसंगको सम्बन्धको फिल्म बनाउ भने यहाँ सभासदलाई नै धम्की आउछ, एतिहासिक बनाउ भने त्यस अनुसारको क्यारेक्टर छैन त्यसैले आउँदो प्रजेक्ट प्रेममा आधारित बनाउन लागेको हुँ । "