मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पढ्नुहोस श्यामले लिएको १० लाखको राम कहाँनी

फिल्मीखबर, काठमाण्डौ, 2010/08/18

गएको श्रावण १७ गते फिल्मी खबरमा प्रकाशित श्याम भट्टराईलाई १० लाख भन्ने समाचारको  नयाँ राम कहानी फेला परेको छ । सानो पर्दाबाट ठूलो पर्दाको निर्देशन यात्रा थालेका निर्देशक श्याम भट्टराईले निर्माता   रेश मरहठ्ठाको चलचित्र "च्यालेन्ज" निर्देशन गरेबापत लिएको नगद दश लाखले सञ्चारमाध्यममा निकै ठूलो स्कयाण्डल मचाएको थियो ।



अधिकाशं चलचित्रकर्मी र नेपाली दर्शकहरूलाई  समेत अपत्यारिलो लागेको सो सामाचारको बारेमा कान्तिपुर एफ एमको साप्ताहिक कार्याक्रम बाईस्कोपले श्यामको सो पारिश्रमिको राज खोल्दै भनेको छ । "चलचित्र च्यालेन्ज बाट श्यामले आज सम्म एक रूपैया पनि पाएका छैनन् ।,  रेशले आफ्नो गोजीबाट झिकेर श्यामको हातमा एक रूपैया पनि थमाएका छैनन् यर्सथमा भन्दा श्यामको दश लाख गफ मात्र हुन सक्छ ।"



गएको दुई साता अघि फिल्मी खबरसंग कुरा गर्दै निर्माता रेशले "श्यामजस्तो निर्देशकको नेपालमा खाचो रहेको भन्दै उनलाई उचित पारिश्रमिक दिन लोभ नगरेको"  बताए थिए । यस्तै फेरी निर्देशकलाई बचाउ गर्दै  बाईस्कोपले भनेको छ ।  " तर श्याम भट्टराई गलत भने छैनन् । चलचित्र च्यालेन्जका निर्देशक श्यामले यस चलचित्रका लागि  एक बर्षको समय खर्चिए र यसबापत च्यालेन्जका निर्माता रेशलेले श्यामका लागि एउटा सिडी खर्चिए जसको मूल्य थियो दश लाख ।"


हाल सम्म मर्यादा र मौसमको निर्देशन गरेर तेस्रो थ्रिलर चलचित्र "च्यालेन्ज" को निर्देशन गरेका श्यामले यो चलचित्रबाट भिसिडीको अधिकार पाएका छन् । रेशले उनलाई भिसिडी बेच्ने अधिकार दिएकाले अव उनले त्यो  भिसिडी १० लाखमा बेचे १०, १२  बेचे १२ वा २ लाखामा  पनि बेच्न सकेनन भने  त्यो भन्दा कम पनि हुन सक्छ । तर्सथ श्यामले भिसिडी कति को बेच्न सक्छन त ?   त्यो त उनकोको खुबीमै निर्भर हुन्छ ।

 

पूरानो   समाचार  (श्यामलाई १० लाख)  हेर्न लिंकमा क्लिक  गर्नुहोस

www.filmykhabar.com/index.php