मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिशिर योगी एकल साँझको तयारीमा

फिल्मीखबर, काठमाण्डौ, 2010/08/19

 गत बर्ष पहिलो पटक एक्कल साँझ गरेका गायक शिशिर योगी दोस्रो पटक एकल  साँझको तयारीमा जुटिरहेका छन् ।

 आगामी असोज २ गते शनिबार  राष्ट्रिय नाचघर जमलमा उनले दुई घण्टा सम्म जम्मा १६ वटा गीत गाउँदै छन् । राष्ट्रिय भावनाले ओतप्रोत भएको "हे आमा नेपाल तिमिलाई संसारकै राम्री बनाउला"  गीत बाट सुरू हुने उनको एकल  प्रस्तुतीमा गायक नारायण गोपाल , गोपाल योञ्जन र अम्बर गुरूङका एक-एक वटा  गीतपनि समावेश गरिने योगीले फिल्मीखबरलाई जानकारी दिए ।

"यसका लागि तयारीमा जुटेको छु"  उनले भने । नेपाल युवक क्रान्त्रिकारी संघको आयोजनामा भव्य रूपले हुन लागेको सो साँझको जानकारीका लागि योगीले अबको केहीँ दिनमा नेपाल टेलिकमको साहयताले सारा मोबाईलमा निमन्त्रणा  म्यासेज पनि पठाउने तयारी भइरहेको बताए । यस्तै सो साँझको जानकारीका लागि विभिन्न पत्रपत्रिकाबाट  समेत  सूचना दिईने भन्दै उनले सो कार्याक्रम भव्य हुने बताए । 

२०५९ सालमा पहिलो पटक "पहिचान" एल्बम लिएर श्रोता र दर्शकमाझ चिनिएका योगीले हाल सम्म १ सय २५ वटा गीत रेकर्ड गरिसेका छन् । ती मध्ये तिमिले पर्राई ठानेपछी , सारङ्गीत रेटेपनि बोल्छ मिठै धुनी, हास्नलाई ओठ खोले जस्ता हिट गीत उनले दिईसकेका छन् ।