मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेताहरूको माझ 'नाई नभन्नु ल' को प्रिमियर

फिल्मीखबर , काठमाण्डौ, 2010/08/19

प्रदर्शन अगावै निकै चर्चा कमाउन सफल चलचित्र  "नाई नभन्नु ल"  को दोस्रो पटक प्रिमियर नेताहरू माझ गरिएको छ ।

बिहिबार बेलुकी चाबहिल स्थित गोपीकृष्ण हलमा काग्रेस नेताहरू डा. प्रकाश शरण महत, अर्जुननरसिह केसी साथै विभिन्न चलचित्रकर्मी तथा कालकारहरू माझ चलचित्रको रेड कार्पेट प्रिमियर गरियो ।  यस अघि गएको अप्रिलमा   अस्ट्रेलियामा समेत रेड कार्पेट  प्रिमियर भएको उक्त चलचित्र हेरेपछी अधिकाशं दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए ।


हिमालयन फिल्सको ब्यानरमा रमेशजंग रायामाझीद्धारा  निर्मित उक्त चलचित्रलाई विकास आचार्यले निर्देशन गरेका हुन ।  त्रिकोणात्मक तर वियोगान्त सो  चलचित्रमा नायक जीवन लुइटेल, सुमन सिहँ तथा नायिका ऋचासिह ठकुरी मुख्य भूमिका देखिएका छन्  ।

हिमाल केसीको द्धन्द्ध, कविराज गहताराको नृत्य, तथा शम्भु सापकोटाको छायाकंन रहेको सो चलचित्रमा गायक दिपक लिम्बु र रजिना रिमालको स्वरमा महेश खडकाले  संगीत भरेका छन् ।