मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हृयाप्पी बर्थडे अरूणिमा

फिल्मीखबर, काठमाण्डौ, 2010/08/20

 नायिका अरूणिमा लम्साल आज देखी २९  बर्षकी भएकी छिन् । २०३८ साल भदौ ४ गते बिराटनगरको कोशी अञ्चल अस्पतालमा जन्मिएकी नायिका लम्साल आफ्नो जन्म दिन मनाउन आज काठमाण्डौ र्फकदै छिन् ।

चलचित्र 'बजार' को सुटिङको लागि ९ दिन अघि जोमसोम पुगेकी नायिका लम्साल शुक्रबार बिहान १० बजेको समयमा पोखरामा थिइन् । टेलिफोनबाट जानकारी दिदै लम्सालले भनिन् "अबको केही समयपछी  काठमाण्डौ आउँदै छौ ।" 

बर्थडेको मनाउने त्यस्तो कुनै  तयारीमा  नरहेको भन्दै  लम्सालले  काठमाण्डौ आईपुगेपछी भने सायद  सेलिब्रेट  गर्न सकिने सम्भावना रहेको बताईन् । बर्थडेको लागि त्यस्तो केही नसोचिएको भन्दै उनले 'पहिला काठमाण्डौ पुगौ अनि त्यसपछी सेलिब्रेट  गर्न कति बेर लाग्छ र'   भन्दै  जवाफ दिइन् ।

 यदि तपाई नायिका अरूणिमा लम्साललाई जन्मदिनको शुभकामना दिन चाहानु हुन्छ भने तलको कमेन्ट बक्समा गएर शुभकामना दिन सक्नु हुन्छ ।  नायिका अरूणिमा लम्साललाई फिल्मीखबर डटकमको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना