मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा संकटा नजाने

फिल्मीखबर, काठमाण्डौ, 2010/08/20

२७औ जन्मदिनको दिन शनिबार बिहान भगवानको दर्शनको लागि न्यूरोड स्थित  संकटा मन्दिर   जाने तयारी गरेकी नायिका रेखा थापा अन्तत् त्यहाँ नजाने भएकी छिन् । 

 शुक्रबार साँझ फिल्मीखबरसंग कुरा गर्दै नायिका थापाले 'शनिबार बिहान ८ बजे नै  सुटिङ्गमा जानु पर्ने भएकाले घरै छेउको गुहेश्वोरी  मन्दिर दर्शनका लागि जाने'  बताइन्  । गोपी कृष्ण मुभिजको ब्यानरमा निर्माणाधिन चलचित्र खुशीको सुटिङ्गमा व्यस्त रहेकी  नायिका थापाले यस अघि जन्मदिनको दिन संकटा मन्दिर जाने बताएकी थिइन्  ।

शनि संकट हटाउन तथा नवग्रह शान्तिको लागि काठमाण्डौका मुटुमा रहेको संकटा मन्दिर निकै प्रसिद्ध छ । अत प्रत्येक शनिबारको दिन र सो मन्दिरमा बिहानै देखि सयौ दर्शनार्थीको भीड लाग्ने भएकाले पनि सायद रेखाले त्यहाँ नजाने निर्णय गरेकी होलिन  ।  

 २०४० साल भदौ ५ गते मोरङ्गमा जन्मिएकी नायिका थापालाई फेरी पनि जन्म दिनको शुभकामना ।