मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'तनहूँ कालिका' गीत सार्वजनिक

कृष्ण न्यौपाने, दमौली, 2010/08/20

गीत संगीतको माध्यमबाट तनहूँलाई प्रचारप्रसार गर्ने उद्देश्यले निर्माण गरिएको 'तनहूँ कालिका चिनेनौं कि मायालु दिलको मालिक'  बोलको गीत सार्वजनिक गरिएको छ ।

फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोरा मियाँले सो गीत र्सार्वजनिक गरेका हुन् । सो अवसरमा बोल्दै मियाँले तनहूँ भित्र रहेका धार्मिक र पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न यस गीतले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

पत्रकार डम्बर अधिकारीको रचना रहेको सो गीतमा नवराज थापा, केशर थापा, इश्वर परियार, ज्योति कुमालको स्वर रहेको छ भने संगीत हरि जि मेनले भरेका छन् ।  उक्त गीतलाई छिट्टै सिआरविटीमा समेत राखिने गीतका रचनाकार अधिकारीले जानकारी दिए । गीतमा तनहूँ कालिका, तनहूँसुर दरवार, छाब्दी वाराही, घाँसीकुवा, देवघाट, छिम्केश्वरी, भुजिकोट, ऋषिङ्ग लगायतका ठाउँहरुको बर्णन गरिएको छ ।