मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकसँग 'फस्टलभ' को टोली

कृष्ण न्यौपाने, दमौली, 2010/08/20

नेपाली कथानक चलचित्र "फस्टलभ" का कलाकार र निर्माताले मंगलबार दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा दर्शकसँग चलचित्र हेरेका छन् ।

 देशभरका ५२ हलहरुमा गत साताबाट प्रदर्शनमा आएको यस चलचित्रको मोफसलका हलहरुमा दर्शकको प्रतिक्रिया बुझ्न आएका फस्टलभका निर्माताद्वय माधव वाग्ले, नरेन्द्र महर्जन र नायकद्वय विनय श्रेष्ठ र महेश शाक्य (कर्म)   दर्शकसँग बसेर चलचित्र हेरेका हुन् ।

चलचित्र हेरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्माता वाग्लेले 'मोफसलका हलहरुमा दर्शकको उत्साहप्रद सहभागिता देखेर थप प्रेरणा मिलेको'  बताए । 'चलचित्र प्रदर्शनमा आएदेखि नै मोफसलका हलहरुमा दर्शकको राम्रो उपस्थिति छ' उनले भने 'जसले गर्दा चलचित्रका सम्पूर्ण  टिमलाई प्रेरणा मिलेको छ । करिब ७० लाखमा निर्माण गरिएको यस चलचित्रले एक हप्तामै ९० लाख भन्दा बढि कमाई गरिसकेको उनले सो अवसरमा जानकारी दिए ।

उनले चलचित्र इतिहासमा छोटो अवधिमा यतिका कमाई गर्न "फस्टलभ" सफल भएको समेत दावी गरे । चलचित्रमा ऋचा शर्माको भूमिका काभ्रेको एक युवतीको कथामा आधारित रहेको उनले बताए ।  चलचित्रमा  गौरवको भूमिकामा रहेका कर्मको भूमिका आफ्नै प्रेमकथामा आधारित रहेको वाग्ले बताएका छन्  । 'आफूले पनि ८ वर्षम्म कसैलाई एकोहोरो प्रेम गरेको र सोही घटनालाई गौरवको अभिनयमा देखाइएको'  वाग्लेले भने ।

चलचित्रका अर्का निर्माता नरेन्द्र महर्जनले युवाहरुलाई समेटेर चलचित्र बनाइएको हुँदा दर्शकहरुले अत्याधिक मन पराइदिएको बताए । चलचित्रका नायकद्वय विनय श्रेष्ठ र कर्मा शाक्यले पनि चलचित्र सम्बन्धी दर्शकहरुको एकदमै राम्रो प्रतिक्रिया आएको जानकारी दिए ।

उत्तरशीला चलचित्र मन्दिरका व्यवस्थापक प्रमोद पाण्डेले फस्टलभ प्रदर्शनमा आएदेखि नै दर्शकको उल्लेख्य सहभागिता रहेको बताए । उनका अनुसार हालसम्म ११ हजार भन्दा बढि दर्शकले चलचित्र हेरिसकेका छन् । उनका अनुसार चलचित्र हेर्नेमा कलेज पढ्ने युवायुवतीको भीड लाग्ने गरेको  छ ।