मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुक्रबारबाट 'कानुन'

फिल्मीखबर, काठमाण्डौ, 2010/08/21

शुक्रबारबाट सार्वजनिक भएको चलचित्र 'कानुन' मा कानुनको पालना गर्ने तथा कानुनको उल्लंघन गर्नेबीचको द्वन्द्व छ । करिब दुई वर्षअघि निर्माण भएको चलचित्र 'कानुन' को लेखक तथा निर्देशक उदय सुब्बा हुन् ।

 

चलचित्रमा राजेश हमाल तथा निखिल उप्रेतीको मुख्य भूमिका भएपछि दर्शकले द्वन्द्वका दृश्य नै हेर्न चाहन्छन् । चलचित्रमा राजेश हमाल कैदीका रूपमा देखिन्छन् । चलचित्रमा एउटा नेताले एउटा सोझो युवालाई कसरी आतंककारी बन्न बाध्य तुल्याउँछ भन्ने यथार्थलाई पनि चित्रण गरिएको छ । चलचित्रमा एकातिर राजनैतिक दाउपेचहरू समावेश छन् भने अर्कातिर प्रेम-प्रसंग पनि जोडिएको छ ।



मदनकुमार इङनाम, रामप्रसाद चोङबाङ तथा भीम चोङबाङले निर्माण गरेको यो चलचित्रमा राजेश तथा निखिलका अतिरिक्त झरना थापा, दिलीप रायमाझी, अरुणिमा लम्साल, सुनिल थापा, दिनेश शर्मा आदि कलाकारले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । गायक राजेशपायल राई यो चलचित्रका संगीतकार हुन् ।