मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिस नेपालको ट्यालेन्ट राउण्ड सम्पन्न

अनुप भट्टराई, काठमाण्डौ, 2010/08/21

भदौ १६ गते हुने मिस नेपाल २०१०   प्रतियोगिताको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । शुक्रबार अपरान्ह कमलपोखरी स्थित रूसी सास्कृति केन्द्रमा १८ जना प्रतियोगीहरूले पाँच जना निर्णायक सामू  र केही दर्शकहरूको माझ  आफुमा भएको ट्यालेन्ट प्रस्तुत गरेका थिए ।


हिडेन ट्रेजरको आयोजनामा हुन लागेको मिस नेपाल २०१० को ताज जित्नेले  यो बर्षचेरीको  क्यू ३  कार पाउँने छन् । भने फष्ट रनरअपले महिन्द्राको स्कुटर पाउनेछन्  । 

ट्यालेन्ट राउण्डको सुरूमा एक नम्बरकी प्रतियोगी समिक्षा श्रेष्ठले जलवायु परिर्वतनको बिषयमा आफ्नो वाक कला प्रस्तुत गरेकी थिइन् । यस्तै समिक्षा सहित अन्य ३ प्रतियोगी , विनिता थापा, अजिता सिहँ र  चादँनी देवाचुले पनि आफ्नो वाक कला प्रस्तुत गरेका थिए ।



यस्तै दोस्रो पटक मिस नेपालमा सहभागी हुन पाएकी १२ नम्बरकी साहना बज्रचार्यले चयेर डान्स प्रस्तुत गरेकी थिइन् । उनी दुई बर्षअघि  माओवादी सरकारको पालालमा पहिलो पटक मिस नेपाल प्रतियोगीतामाभाग लिएकी थिइन्  । तर त्यो समय प्रचण्ड सरकारले मिस नेपाल प्रतियोगित रोक्न आग्रह गरेपछी उनीको रहर अपुरै रहेको थियो ।




टयालेन्ट राउडमा ५ नम्बरकी सुजाता सुवार, इशा खड्गी, ५ नम्बरकी अनिता आचार्य, ११ नम्बरकी सुप्रिया केसी, ९ नम्बरी संयूत्ता तिमल्सिना, १० नम्बरकी प्रिया रानी लामा, १४ नम्बरकी प्रिया महर्जन, १५ नम्बरी पुष्पाञ्जली केसी, १६ नम्बरी रक्षा थापा, र १८ नम्बरी अस्मिता घिमिरेले नृत्य प्रस्तुत गरेका थिए ।



वाक कला र नृत्य बाहेक २ नम्बरकी  बर्षा श्रेष्ठले तीन वटा तासको जादु देखाएकी थिइन् तर विडम्बना उनले देखाउन खोजिएको तासको दुई जादु भने सफल हुन सकेनन् । यस्तै १७ नम्बरी चादँनी अन्सारीले शान्ति खोई भन्दै चित्र कारेर आफ्नो ट्यालेन्ट प्रस्तुत गरेकी थिइन् । यस्तै अग्ली, गोरी र हल्का तोतो बोली भएकी १३ नम्बरकी प्रतियोगी समृद्धि र्राईले सिने गुरूङको किन रून्छ मन बोलको गीत हुबहु गाएकी थिइन् । उनले सो गीत गाउँदा हलमा उपस्थित सवै जना भावुक भएका थिए ।