मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरेशदर्पण मलेसिया प्रस्थान

फिल्मीखबर, काठमाण्डौ, 2010/08/21

चलचित्र 'मिस यु' को छायाँकनका लागी निर्देशक सुरेशदर्पण पोखरेल शनिबार रातिको बिमानबाट मलेसिया प्रस्थान गरेका छन् । बिमानमा चड्नु अघि फिल्मीखबरसँग कुरा गर्दै निर्देशक सुरेशले आफू एक्लै मलेसिया प्रस्थान गरेको बताए ।

 


चलचित्रका कलाकार र प्राबिधिक भने मंगलबार मात्र मलेसिया जाने निर्देशक सुरेशले बताए । नेपालबाट क्यामेरा बाहेक अन्य सामान र धेरै प्राबिधिकहरू लान नसक्ने भएकोले ती चिजको व्यबस्थापन गर्न आफू अगाडीनै मलेसिया जानु परेको बताए । आगामी शुक्रबारबाट मलेसियाका बिभिन्न स्थानहरूमा छायाँकन हुने चलचित्र 'मिस यु' का लागी नेपालबाट निर्देशक सहित नायक दिलिप रायमाझी, नायिका नम्रता श्रेष्ठ, गायक तथा नायक बाबु बोगटी, नवनायक बरूण राणा, क्यामेरा म्यान धिरजजंग शाह, कोरियोग्राफर रेनशा राई, हेयरड्रेसर सोफीसहितको ११ जनाको टोली त्यस तर्फ प्रस्थान गर्दैछ । चलचित्रका लागी चाहिने अन्य कलाकार र प्राबिधिक भने मलेसियामै खोजिने निर्देशक पोखरेलले जानकारी दिए ।

 

करिब ४० दिनको लागी नेपाल छोडेका निर्देशक सुरेशले चलचित्रको छायाँकन ३० दिन मलेसियामा र १० दिन जति सिंगापुरमा गरेर नेपाल फर्कने बताए । नेपालमा फर्के पछी बाँकी चलचित्रको छायाँकन पोखरामा गरिने उनको भनाई छ ।