मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लक्की फाईभ रेखा

अनुप भट्टराई, काठमाण्डौ, 2010/08/21

 नायिका रेखा थापा र अकं पाँचको सम्बन्ध निकै गहिरो रहेछ ।  आमाको कोखबाट १० महिना नाघेर धर्तीमा जन्मिए लगत्तै पाँचको  साथ पाएकी नायिका थापाको जीवनको हरेक मोडमा पाँच निकै महत्वपूर्ण बनेर बसेको छ ।

 निकै व्यस्त भएकाले शनिबार चलचित्र 'खुशी' को सुटिङ्गमै आफ्नो २७औ जन्म दिन मनाउँने क्रममा थापाले नम्बर पाँच र आफ्नो जीवनको सम्बन्ध प्रस्टयाउदै पाँचौ महिना, पाँचौ बार,  ५ गते र बेलुकी ५ बजे  पाँचौ सन्तानको रूपमा आफुले जन्म लिएको भन्दै आफ्नो जीवनमा पाँचको महत्व धेरै रहेको बताइन् । 




 यति मात्र हैन उनका बुवा खलकहरू पनि पाँचै जना रहेछन् । अतः उनको पाँचौ होम प्रडोक्सनको रूपमा रहेको चलचित्र 'कसले चोर्‍र्यो मेरो मन'  पनि केही महिना पछि रिलिज हुदै छ । पाँच नम्बर निकै लक्की भएको भन्दै लामो हासो दिदै उनले भनिन "आशा गरौ यो  चलचित्रबाट पाँच करोड कमाई होस ।" 

गोपी कृष्ण मुभिजको ब्यानरमा निर्माणाधिन चलचित्र 'खुशी' को सुटिङ्गमा रहेकी नायिका थापाले नायक सुमन सिहँ, निर्देशक ज्ञानेन्द्र देउजा, नित्य निर्देशक  बसन्त श्रेष्ठ लगायत सो चलचित्रको टिमसंग दुई किलोको केक काट्दै आफ्नो जन्मदिन मनाईन् ।