मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियाबाट फर्किए घिमिरे दम्पती

फिल्मीखबर, काठमाण्डौ, 2010/08/21

आफुद्धारा निर्देशित दोस्रो  चलचित्र 'बीरताको चिनो' को  प्रोमोशनका लागि अष्ट्रेलिया गएका निर्देशक शंकर घिमिरे र  नायिका ऋचा घिमिरे नेपाल फर्किएका छन् ।



दिल्ली ट्रान्जिट हुदै शुक्रबार बिहान काठमाण्डौ आईपुगेका घिमिरे दम्पत्तीको जानकारी भने शनिबार बेलुकी मात्र थाहा पाईएको थियो । गएको श्रावण १५ गते अष्ट्रेलिया गएका घिमिरे जोडी २० दिनको अष्ट्रेलिया भ्रमण पश्चात नेपाल फर्किएका हुन ।



अष्ट्रेलियाको हावापानिले केही मोटाएर फर्किएका उनीहरू पुनः 'बीरताको चिनो' प्रदर्शनका लागि आगामी भदौ १७ गते लण्डन जादै छन् । उनीहरू ५ हप्ताका लागी लण्डन जाँदैछन् । लण्डनको सर्न्दर्भ उठाउँदै नायिका घिमिरेले भनिन् "बिहे पछिको मेरो पहिलो तीज विदेशमा हुदैछ ।'  शंकर र ऋचाको बिवाह गएको बर्षो मंसिर  २७ गते भएको थियो । 




वर्ल्डवाईड मुभिजको ब्यानरमा निर्माताद्वय श्याम सुवेदी र श्याम कार्कीले निर्माण गरेको सो चलचित्रमा नायक विराज भट्ट, सुमन द्वय र स्वयम  ऋचाले अभिनय गरेकी छिन् । यो चलचित्र ५ हप्तासम्म यू के मा देखाईने निर्देशक घिमिरेले जानकारी दिए ।