मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शम्भुजीतलाई आउट गर्दैछन् शोभितले

फिल्मीखबर, काठमाण्डौ, 2010/08/23

निर्देशक शोभित बस्नेतले पारसमणीको संज्ञा दिदै आएका संगीतकार शम्भुजीत बास्कोटालाई अब देखि  आफ्नो चलचित्रमा संगीत भर्न नदिने हल्ला चलेको छ ।



२० वटा चलचित्रको निर्देशनको क्रममा झण्डै आधा चलचित्रमा  संगीत भर्न दिएका शम्भुजीतको आनीबानीका कारण आफ्नो  बिजनेशमा धक्का पर्न जाने सम्भावना देखेपछी बस्नेतले अब उनलाई संगीत भर्न नदिने बुझिएको छ ।



स्रोतले दिएको जनाकारी अनुसार   शम्भुजीतले अरू संगीतकारलाई आफु भन्दा माथि देख्न नचाहाने र हेपेर उनीहरूको कुरा काटेको बिषयले शोभित र अन्य  संगीतकारको सम्बन्ध नबिग्रियोस भन्दै उनले बेलैमा बास्कोटालाई किनारा लाउन खोजेको बुझिएको छ ।




पछिल्लो पुस्ताका नयाँ संगीतकारहरू बसन्त सापकोटा, चेतन सापकोटाको पूरानो पेशालाई हेप्दै शम्भुजीतले चलचित्रकर्मीहरूको माझ कुरा भने नकाटेका  हैनन्  । संगितकार हुन अघि इलेक्ट्रीक पसल थापेर बसेका बसन्त सापकोटा र साँझको  समयमा ट्याक्सी चलाउने  पेशा गरेका चेतन सापकोटा जस्ता संगीतकारलाई उनले निकै तल्लो स्तरमा हेप्ने गरेका छन् । यध्पी शम्भुजीतबाट आफु हेपिएपनि यि संगीतकारले भने शम्भुजीतलाई सम्मान गर्ने गरेका छन् ।



बजारमा चलेको शोभित र शम्भुजीतको हल्लालाई निर्देशक शोभितले भने लुकाउन खोजेका छन् । शम्भुजीत र शोभितको विजनेश सम्बन्धको भित्री कुरा जे भए पनि हावा नचिलिकन पात  कहिलै हल्लिदैन भन्ने कुरा सायद सबैलाई थाहा नै होला !

शोभितको निर्देशनमा गएको असार ३१ गतेबाट उपत्यका बाहिर प्रदर्शन भईसकेको चलचित्र कन्यादान, प्रदर्शनमा आउँन लागेको चलचित्र चिनो, यस अघिका राज, दानबीर, अग्नीपथ, जंगबाज जस्ता सफल चलचित्रमा शम्भुजीतले उत्कृष्टसंगीत भरेका छन् ।