मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलेसियामा 'मिस यू'

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2010/08/23

मलेसियामा पनि नेपाली चलचित्रको छायांकन स्थल वन्न थालेको छ । यसै क्रममा भदौ १५ गतेवाट नेपाली चलचित्र मिस यू को छायांकन शूरु हुने भएको छ ।

 

यसअघि निशाना, कस्लाई दिउँ यो जोवन,  भुल भए माफ गर लगायतका चलचित्रको निर्देशनको अनुभव संगालेका सुरेश दर्पण पोख्रेलले मिस यूलाई पनि निर्देशन गर्ने भएका छन । दिया फिल्म र दर्पण क्रियशनको ब्यानरमा वन्न लागेको सो चलचित्रमा नायक दिलीप रायमाझि र उपेन्द्र कार्कीको करीव १ करोड १५ लाख लगानी रहने बताईएको छ ।

 

प्रेम कथामा आधारित यस चलचित्रमा दिलिप रायमाझि, नम्रता श्रेष्ठ, नायक तथा गायक वावु वोगटी, नवनायक बरुण राणा सहित मलेसियामा रहेका नेपाली तथा रोजगारी गरिरहेका श्रमिक कलाकारहरुको अभिनय रहने निर्देशक पोख्रेलले जानकारी दिए । मलेसियामा ६० प्रतिशत, सिगापुरमा १० प्रतिशत र बाँकी छायाँकन नेपालमै हुने उनले बताए । आफू तयारीको सिलसिलामा एक हप्ता अगाडि आएको भएपनि अन्य ११ जना कलाकार सहितको समूह एक हप्ता पछाडि आउने निर्देशक पोख्रेलले जानकारी दिए ।