मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

को हो ? श्रीकृष्णको श्रीमती

फिल्मीखबर, काठमाण्डौ, 2010/08/24

यतिबेला अबिवाहित नायक श्रीकृष्ण श्रेष्ठको श्रीमती छुट्याउनु पर्ने बेला आएको छ । पछिल्लो पटक आफैले निर्माण गरेको चलचित्र कहाँ भेटिएलाबाट  डेब्यू गरेकी नायिका श्वेता खड्का र उनको सम्बन्धको कुरात हामिले सुनेकै हौ । तर अब अर्को सम्बन्धको कुरा पनि सुन्नुस हैत ।



सानो उमेरमै बिवाह बन्धनमा बाधिएका नायक श्रीकृष्णको  दिमागमा पैसा कमाउने तीन वटा उपाय आउछ । साथीको लहैलहैमा दुई वटा उपायले काम नगरेपछी बाँकी रहेको एउटा उपाय अपनाउदै  उनी धनी केटीको खोजीमा क्याम्पस भर्ना  हुन्छन ।



आफ्नो तेस्रो जुक्तिले काम गरेझै उनी एउटी केटीलाई प्रेमजालमा पार्न सफल हुन्छन् । पैसाको आवश्यक्ता पुरा गर्न जसरी श्रीकृष्ण हिडेका हुन्छन उनले भेटेको त्यो केटी पनि त्यसरीनै पैसाबाल केटाको खोजीमा हुन्छीन् । धनी भएको  भुठो भ्रममा ती दुवै प्रेममा पर्छन तर बिवाह गरिसकेका श्रीकृष्णलाई भने त्यो प्रेम  निकै ठूलो समस्या भएर आउछ । जव धनी भनिएकी केटी आफुजस्तै गरिब हुन्छे तव  उ छागाँ बाट खसे जस्तो हुन्छ ।



पैसा खोज्दै हिडेको श्रीकृष्ण र त्यो केटीबीच माया प्रेम त हुन्छ तव श्रीकृष्णकी श्रीमती आएर उसलाई यो मेरो श्रीमान भन्दा अर्कीलाई चित्त दुःख दुख्छ । अनि दुई वटा श्रीमतीको श्रीमान भएका नायक श्रीकृष्ण तानातानमा पर्छन । यो मेरो श्रीमान,  यो मेरो श्रीमान भनेर.....


 
प्रस्तुत कथा ऋषि लामिछानेले निर्देशन गर्न लागेको तेस्रो चलचित्र "श्रीमान श्रीमती" को हो । सोमबार राजधानीमा आयोजीत एक  समारोह उक्त चलचित्रको शुभ मुहुर्त पनि गरियो । पिएलएम फिल्सको ब्यानरमा निर्माता द्धोय लक्ष्मण पौडेल र प्रकाश घिमिरेले निर्माण गर्न लागेको उक्त चलचित्रमा मुख्य भूमिकामा नायक श्रीकृष्ण श्रेष्ठ, मुकेश ढकाल, नायिका  श्वेता खडका र सरिता लामिछाने  रहेका छन् । 

 

हासो, रोदन, प्रेम र माया सवैलाई एक साथ मिसाएर निर्माण गर्न लागिएको उक्त चलचित्रमा  ५० लाखको लगानीमा हुने छ भने आगामी ४५ दिन भित्र फिल्म तयार भईसक्ने प्रस्तुतकर्ता मुनाल घिमिरेले जानकारी दिए ।