मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उकेशको खुसी खोसियो

फिल्मीखबर, काठमाण्डौ, 2010/08/24

चलचित्र निर्माता संघले  दुई चलचित्र दासढुंगा र पलपलमा बिच हुन लागेको भिडन्तलाई रोकीदिएको छ । यि दुई चलचित्र भदौ १८ गते एकसाथ प्रदर्शनमा आउन लागेका थिए तर बिशेष चलचित्रको अवार्ड पाएको चलचित्र दासढुंगाले भदौ १८ गते नै आफ्नो चलचित्र प्रदर्शन गरे अठोट लिएपछि संघले पलपलमालाई पछि धकेलिदिएको हो ।

 

१ बर्षदेखि पालो पर्खेर बसेको चलचित्र पलपलमा अब भदौ २५ गते ३ चलचित्र 'दिपशिखा', 'हिम्मत-२' र 'सिन्दूर' सँग भिड्ने भएको छ । यसरी लामो समयपछि बल्ल बल्ल पालो पाउँदा पनि समयमा प्रदर्शन हुन नपाएकोले चलचित्र पलपलमाका निर्माता तथा निर्देशक उकेश दाहाल आक्रोशित बनेका छन् भने यता चलचित्र दासढुंगाका निर्माता अपिल बिष्ट भने निकै खुसि देखिएका छन् ।