मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतारमा 'गंगाजल' र 'सिलसिला'

फिल्मीखबर, काठमाण्डौ, 2010/08/24

नेपाली चलचित्रको बजार बिस्तारको लागी चलचित्रकर्मीहरूले ग्लोबल मार्केटलाई बिशेष ध्यान दिन थालेका छन् ।  पछिल्लो समयमा नेपाली चलचित्रहरू बिदेशमा प्रदर्शन हुने क्रम निकै बढेको देखिन्छ ।  

 

यहि क्रममा थुप्रै नेपालीहरू रहेको देश कतारमा पनि नेपाली चलचित्र प्रदर्शन हुँदैछ । रेड मुभिज एन्ड इन्टरटेन्मेन्ट प्रालीले कतारमा पहिलो पटक नेपाली चलचित्रको बिशेष प्रदर्शन गर्दैछ । नायिका सोभिता सिंखडा र कतारमा बस्दै आएका सञ्चारकर्मी निराजन भण्डारीको पहलमा दुई चलचित्र 'गंगाजल' र 'सिलसिला' कतारको दोहा स्थित दोहा सिटी प्लाजामा बिशेष प्रदर्शन हुँदैछ ।

 

चलचित्र 'सिलसिला' इदको तेस्रो दिन प्रदर्शन हुँदैछ भने 'गंगाजल' सेप्टेम्बर १७ तारिखका दिन प्रदर्शन हुँदैछ । प्रदर्शन हुन लागेका प्रस्तुत दुई चलचित्रलाई कतारबासी नेपालीहरूले मन पराईदिएमा आगामी दिनहरूमा थुप्रै राम्रा-राम्रा नेपाली चलचित्रहरू प्रदर्शन गरिने कार्यक्रम संयोजक निराजन भण्डारीले जानकारी दिए । सो कार्यक्रमको फिल्मीखबर डटकम मिडिया पार्टनर रहेको छ ।

 

 

कार्यक्रमको बारेमा थप जानकारीको लागी सम्पर्क नं ५५३००६६९, ७७७१८०८५, ५५४६२९८३ र ७७५८४२७०