मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारहरुको जनै पूर्णिमा

अनुप भट्टराई, काठमाण्डौ, 2010/08/24

जनै पूर्णिमाको दिन नेपाली कालकारहरूलाई केहीँ हद सम्म फुर्सद मिले पनि जनैपूर्णिमा भने त्यति उल्लासका साथ कसैले मनाएनन् ।



सधै व्यस्त रहने नायिका रेखा थापाले नयाँबानेश्वरमा बस्ने हेयर डिजाईनर तथा व्यूटिसियन लोकेश थापालाई राखी बाधिदिइन् । सामान्य शैलीमा रक्षा बन्धन मनाएकी थापा दिन भर लोकेशको घरमा बसेकी थिइन् ।



यस्तै रि इन्ट्री भएकी नायिका  निरुता सिहँको काका वितेको एक बर्षहुन लागेकाले उनले जनै पूर्णिमा  मनाउन पाईनन् । यध्पी उनले क्वाटी भने खाएको बताइन् । यस्तै उता अर्की नायिका ऋचा घिमिरेको पिताको पनि केही महिना अघि निधन भएका कारण यो बर्षो जनै पूर्णिमाउनलाई खल्लो हुन गयो ।

 

नायक राजबल्लभ कोइरालाले  पनि आफ्नी बहिनी बाट राखी बाध्न पाएनन् । जनै पूर्णिमा नर्मल तरिकाले मनाएको भन्दै नायक कोइरालाले बहिनी बनाएका एक  फ्रेन्च युवती बाट राखी बाधे । बर्षाका कारण मलाई मन पर्‍र्योको सुटिङ्ग  रोकिएर घरमै दिन विताएका यि नायकले उपहार स्वरुप विदेशी बहिनीलाई पेन्टिग र पिके बैकं उपहार दिए ।



यता  भर्खरै मात्र रिलिज भएको चलचित्र फष्टलभबाट डेब्यू गरेकी नायिका ऋचा शर्माले पनि सोचे अनुरुप जनै पूर्णिमा मनाउन पाईनन्  । उनका दाई उपत्यका बाहिर भएका कारण उनले  दाईलाई राखी बाध्न पाईनन् । यस्तै उनले दाजु बनाएका अर्का एक जनाको स्वास्थ्य अवस्था राम्रो नभएकाले ती दाईलाई पनि उनले राखी बाध्न सकिनन् । यध्पी उनले घरमा आफैले क्वाटी बनाएर खाएको र अरुलाई पनि खुवाएको बताइन् ।



यस्तै सञ्चारकर्मीबाट नायिका भएकी शोभिता सिमखडाले भने छुट्टै तरिकाले जनै पूर्णिमा मनाइन् । ओशो ध्यानी यि नायिकाले परिवारसहित घरमै ध्यान गरेर मंगलबारको पूर्णिमा मनाईन् । घरमै आएका तीन पुरोहितबाट तीनवटा डोरो बाधेकी यि नायिकाको भाई पनि अमेरिकामा रहेकाले यिनले पनि चित्तबुझ्दो तरिकाले रक्षाबन्धन मनाउन सकिनन् ।



सोमबार मात्र शुभ मुहुर्त भएको चलचित्र श्रीमान श्रीमतीको सुटिङ्गमा दिन भर व्यस्त रहेका नायक श्रीकृष्ण श्रेष्ठले बिहानै  घरै नजिकको म्हैपी स्थित अजिमा मन्दिर गएर  डोरो बाधे । बेलुकी मात्र क्वाटी खान पाएका यि नायक मंगलबार दिन भर व्यस्त हुदा यिनको जनै पूर्णिमा पनि त्यति रमाईलोसंग वितेन् ।



नेपाली रजतपटमा कर्मको नामले चिनिएका नायक महेश शाक्यले आफुहरू बुद्धिष्ट रहेकाले यो पर्व खासै नमनाईने बताए  । यस्तै उनीका सहयात्री अर्का नायक विनय श्रेष्ठ वेभ म्याग्जीनको लागि मंगलबार दिनभर फोटोसेसनमा व्यस्त भएकाले यिनले पनि जनैपूर्णिमा मनाउन पाएनन् ।

 

त्यसैगरी ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र "कोही मेरो" को निर्देशक आलोक नेम्बाङ्गले आफुरू राखी कहिल्ले नबाध्ने भन्दै बेफुर्सदका कारण डोरो समेत लाउन नभ्याएको बताए । धेरै विजी भएका कारण ठूलोममीकोमा क्वाटी खाने निम्तो पाएपनि उनी त्यहाँ उपस्थित हुन सकेनन् ।

 

हतपत्ती फल्म फिल्म बनाउन नजान्ने अर्का निर्देशक नरेश पौडेललेले कपन स्थित ससुराली पुगेर जनै पूर्णिमा मनाए । फोनमा गफ गर्दै उनले भने "मासु र क्वाटीको साथमा जनै पूर्णिमा मनाउँदैछु ।"  घर र ससुरालीमा गरेर दुई वटा डोरो बाधेका निर्देशक पौडेलले पूर्णिमा भने राम्रोसंग मनाए ।

 

फिल्म निर्देशनमा मेसिनको उपाधी पाएका अर्का निर्देशक शोभित बस्नेतको यो पालीको पूर्णिमा भने झुर भएको छ  । "कन्यादान "रिलिजका लागि नारायणगढ पुगेका बस्नेतले बाहुन पनि नचिनेको भन्दै बेलुकी सम्म डोरो पनि बाध्न नपाएको र जनै पनि  फेर्न नपाएको बताए ।