मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कमरेड बनिन् रेखा

फिल्मीखबर , काठमाण्डौ, 2010/08/25

उसैत माओवादी भईस भनेर आरोप खेप्दै आएकी नायिका रेखा थापा बुधबारबाट कमरेड बनेकी छिन् ।

 केही महिना अघिको माओवादीको आन्दोलनमा अध्यक्ष प्रचण्डसंग कम्मर मर्काई-मर्काई नाचेकी थापालाई त्यतिखेरनै धेरै चलचित्रकर्मी र दर्शकले रेखा अब माओवादी भइछिन् भनेर अडकल काटेका थिए । तर रेखाले भने  'कलाकारहरू देशका गहना मात्र नभई एक जिम्मेवार नागरिक भएको भन्दै सवै राजनीतिक दलका कार्यक्रममा आफु उपस्थित हुन सक्ने'  बताएकी थिईन् ।

राज्यको शोषणमा परेका सोझा जनताहरू दमनको चरम विन्दुमा पुगीसकेपछी त्यो आक्रोस एउटा जलजला जस्तो भएर आउछ भन्ने यथार्थ  परक तर  क्रान्तिकारी कथानक चलचित्र 'जलजला' मा उनी पहिलो पटक कमरेड भएर खेल्न लागेकी हुन । आफ्ना सयौ चलचित्र मध्ये अधिकाशंमा  चुलबुले भूमिकामा खेलेकी नायिका थापा यो चलचत्रिमा एउटा छापामार सैन्य कमाण्डर भएर खेल्दै छिन् । 'पहिलो पटक यस्तो भूमिकामा अभिनय गर्दैछु'  उनले भनिन् । 


 माओवादी निकट द् रिभ्यूलेसनरी सिने वर्कस नेपालको दोस्रो प्रस्तुतीकोको रूपमा बुधबार आयोजित शुभमुहुर्त समारोहमा कम्बयाड ड्रेस (चुस्ता)  सहित उपस्थित भएकी नायिका थापाले अब जनयुद्धको समेत अनुभुति गर्दैछिन् ।


निर्माता काशीराम भुषालले निर्माण गरेको यस चलचित्रलाई  शिवजी लामीछानेले निर्देशन गर्दैछन् भने जनयुद्धकालका भूमिगत माओवादी तथा अहिलेका चर्चित संगीतकार कमरेड चेतन सापकोटाले चलचित्रमा संगीत पस्केका छन् । बिष्णु कल्पितले क्यामेरा चलाउने यस चलचित्रमा राजेन्द्र खड्गीले द्धन्न्द्ध निर्देशन गर्दैछन् ।


 मौनता श्रेष्ठको पटकथा सम्बाद रहेको उक्त चलचित्रमा रेखाका अलवा आयुष रिजाल, किशोर खतिवडा, लक्ष्मी बस्नेत र राजन बमं मुख्य पात्र भएर खेल्दै छन् ।