मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दमौलीमा 'फर्केर हेर्दा'

कृष्ण न्यौपाने, दमौली, 2010/08/25

गोपिकृष्ण मुभिजको व्यानरमा निर्माण भएको सिनेमास्कोप चलचित्र फ्ल्यास ब्याक( फर्केर हेर्दा) बुधबारदेखि दमौलीमा प्रदर्शन भएको छ । गत महिना देशभरका विभिन्न हलहरुमा राम्रो व्यापार गर्न सफल भएको सो चलचित्र दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शन भएको हो ।

 

दयाराम दाहालको निर्देशन र उज्ज्वल पौडेल, निकीता पौडेल, निरज पौडेल र निरक पौडेलको निर्माण रहेकॊ सो चलचित्रमा युवा प्रेमकथालाई समेटिएको छ । बाबुले त्यागेको र आमाले संसार छाडेको सन्तोष (निखील उप्रेती) को कारुणिक जीवनीबाट चलचित्रको कथा सुरु भए पनि बेलायतमा बस्ने परिवारको एक्लो छोरा शिरीष (आर्यन सिग्देल) र नेपालको सामान्य कृषक परिवारकी छोरी सीमा (युना उप्रेती) बीचको प्रेम कथा र यसको उतारचढाव नै चलचित्रको मूल विषयवस्तु हो ।

 

रेजिना उप्रेती, जेनिसा केसी, नीर शाह, रवि गिरी, रमेश बुढाथोकी, शुष्मा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहेको सो चलचित्रमा सुरेश अधिकारीको संगीत रहेको छ ।