मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाबुराम भट्टराई डिसिएन भ्रमणमा

फिल्मीखबर , काठमाण्डौ, 2010/08/26

बिहिबारसाँझ एकीकृत माओवादीका  उपाध्यक्ष डा. बाबुराम भट्टराई  र नेतृ  हिसिला यमीले  डिजिटल सिनेमा नेपालको कार्यालय अवलोकन गरेका छन् ।

काठमाण्डौको कमल पोखरीमा रहेको सो कार्यालयमा पत्नी समेत रहेकी हिसिला यमीको साथमा भट्टराईले डिसिएन अबलोकन गरेका हुन ।

 बेलुकी साढे  ५ बजे पुगेका उनीहरुले करिब आधा घण्टा त्यहाँ बसी नेपालमा डिजिटल प्रविधिको सिनेमाको बारेमा जानकारी लिएका थिए ।

डिसिएनका महाँ प्रवन्धक अशोक शर्माको आग्रहमा भ्रमणका लागि पुगेका नेता भट्टराईलाई शर्माले  नेपाली चलचित्र क्षेत्रमा डिजिटल प्रविधिको  महत्वबारे जानकारी गराएका थिए । 

जवाफमा नेता भट्टराईले आफ्नो तर्फबाट यस क्षेत्रम गर्न सकिने सहयोग गर्न सकिने बिचार व्यक्त गरे । भट्टराईले  डिसिएनमा रहेका कलर करेक्सेन रूम, इडिटिङ रूम, इक्युपमेन्ट हेड डाटा मेनेजमेन्ट रूम तथा प्रिभूयू रूम अबलोकन गरेका थिए भने डिजिटल र्फमयाटमा बनेको कोही मेरो चलचित्रको टेलर पनि हेरेका थिए ।

 यस्तै पर्यटन मन्त्री समेत भईसकेकी नेतृ हिसिला यमीले 'साहित्यलाई समेटेर चलचित्रलाई डिजिटलाईज गरिए उत्कृष्ट हुन सक्ने' बिचार व्यक्त गरेकी थिइन् । साथै भट्टराईले सञ्चारकर्मीसंग कुरा गर्दै 'डिसिएनको कार्यालय  भ्रमण गर्न पाउँदा आफुलाई खुशी लागेको'  बताए । "नयाँ  नेपाल बनाउने महान अभियनामा आफुहरु रहेको भन्दै हरेक क्षेत्रमा अग्रता हासिल गर्न सक्नु पर्दछ भन्दै डिसिएनले थालेको अभियानलाई आफ्नो सहयोग"  रहने बताए ।

नेपालमा धेरै विविधता छदा-छदै पनि त्यसलाई समेटेर चलचित्रहरू निर्माण नभएको भन्दै भट्टराई ले "नेपालीहरूको अन्तरबस्तुलाई समेटेर नेपाली चलचित्र नबन्नु प्रमुख कमजोरी रहेको" औलाए । पछिल्लो समयमा कुसुमे रूमाल २ हेरेका भट्टराईले आफुलाई अग्रेजी हिन्दी र नेपाली सवैखाले चलचित्र मन पर्ने बताए ।

नेपाली चलचित्रलाई पनि  अन्तराष्ट्रियकरण गर्न  गएको २०६४ साल बैशाख महिनामा अशोक शर्मालगायतले डिजिटल सिनेमा नेपालको स्थापना गरेका थिए ।